इस्मा गणनापछि गोकर्णले घटाए मतान्तर, गुल्मी–२ मा पन्थी अझै अगाडि « Khabarhub

इस्मा गणनापछि गोकर्णले घटाए मतान्तर, गुल्मी–२ मा पन्थी अझै अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

गुल्मी – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थीले अग्रता कायम राखेका छन् ।

साँझ ८ः१० बजेसम्मको मतपरिणाम अनुसार रास्वपाका पन्थीले ५७२६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका गोकर्ण बिष्टले ५६३१ मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै नेपाली काँग्रेसका भुवन प्रसाद श्रेष्ठले ४४७४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतले ७७७ मत पाएका छन्।

यसअघि फराकिलो देखिएको मतान्तर इस्मा गाउँपालिकाको मतगणना सुरु भएपछि घट्दै गएको छ। आफ्नै पालिकाको मत गणना हुँदा एमालेका उम्मेदवार गोकर्ण बिष्टले मतान्तर घटाएका हुन्। हालसम्म पन्थी र बिष्टबीच ९५ मतको मात्र अन्तर रहेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : ४२ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको