काठमाडौं – सल्यानमा जारी मतगणनामा नेकपाका उम्मेदवार रमेश मल्ल अग्रस्थानमा देखिएका छन् ।
हालसम्म ८ हजार ८४६ मत गणना हुँदा मल्लले ३ हजार ५९८ मत प्राप्त गरेका छन् । उनी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का निकट सहयोगीका रूपमा चिनिन्छन् । लामो समय प्रचण्डको सचिवालयमा बसेर काम गरेका थिए।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ललित कुमार चन्दले १ हजार ६२३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।
यसैबीच नेकपाभित्रको नेतृत्व प्रतिस्पर्धामा संयोजक प्रचण्ड विजयी भइसकेका छन् भने सहसंयोजक माधव कुमार नेपाल भने धेरै पछाडि परेको बताइएको छ ।













प्रतिक्रिया