आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ? « Khabarhub

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए । मध्यक्रमका ब्याटर टिम डेभिडले विष्फोटक ब्याटिङ गर्दै मात्र २५ बलमा ७० रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा ८ छक्का र ३ चौका प्रहार गरे । चेन्नई ४३ रनले पराजित भएको यो रोचक खेलको एउटा फरक कीर्तिमान हो ।

१५ औँ ओभरमा ब्याटिङ गर्न आएका डेभिडले आइतबार नटआउट ७० रन बनाए । पुरुष टी–२० क्रिकेटमा १५ औँ ओभर वा त्यसपछि क्रिजमा प्रवेश गरेर ७० भन्दा बढी रन बनाउने उनी विश्वकै दोस्रो ब्याटर हुन् । यसअघि सन् २०२२ मा ड्यानियल साम्सले ससेक्सविरुद्ध ७१ रन बनाएका थिए ।

आरसीबीले बनाएको २५० रनको योगफल आईपीएलमा उसको तेस्रो ठूलो स्कोर हो । यो चेन्नाईविरुद्ध कुनै पनि टोलीले बनाएको अहिलेसम्मकै उच्च स्कोर पनि हो । यसअघि सन् २०१४ मा किंग्स इलाभेन पञ्जाबले २३१/४ र सन् २०२४ मा गुजरात टाइटन्सले २३१/३ रन बनाएका थिए ।

आईपीएलमा २५० भन्दा बढी रनको योगफल तयार पारेको यो आरसीबीको तेस्रो पटक हो । सनराइजर्स हैदरावादले यसअघि ५ पटक ठुलो स्कोर बनाएको छ । त्यसपछि यो उपलब्ध हासिल गर्ने आरसीबी दोस्रो टोली बनेको छ ।

आरसीबीले चेन्नाईविरुद्ध लगातार चार खेल जितेको यो पहिलो पटक हो । यसअघि सन् २००९ देखि २०१० को बीचमा आरसीबीले लगातार तीन खेल जितेको थियो । सन् २०२४ बाट सुरु भएको यो अपराजित यात्रा अन्तर्गत आरसीबीले सन् २०२५ मा पहिलो पटक चेन्नाईलाई दुवै खेलमा पराजित गरेको थियो ।

आफ्नो इनिङ्सको अन्तिम ५ ओभरमा आरसीबीले ९७ रन जोडेको छ । जुन आईपीएलको इतिहासमा संयुक्त रूपमा दोस्रो धेरै हो । सन् २०१६ मा गुजरात लायन्सविरुद्ध आरसीबीले ११२ रन बनाएको कीर्तिमान अझै कायम छ भने दिल्ली क्यापिटल्सले सन् २०२४ मा गुजरातविरुद्ध अन्तिम ५ ओभरमा ९७ रन जोडेको थियो ।

इनिङ्सको अन्तिम १० ओभरमा आरसीबीका ब्याटरले १६ वटा छक्का प्रहार गरे। यो आईपीएल इतिहासमा दोस्रो धेरै हो । सन् २०१६ मा गुजरात लायन्सविरुद्ध आरसीबीले नै १८ छक्का प्रहार गरेको थियो । आरसीबीले अन्तिम १० ओभरमा १५९ रन जोड्यो, जुन आईपीएलको संयुक्त तेस्रो उच्च स्कोर हो ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ६ : ३९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको