सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण « Khabarhub

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

वनमै गाँस, बास, कपास


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका दिन र उनीहरुसँग गाँसिएको भावनात्मक सम्बन्ध ।

चितवनको सौराहमा करिब तीन दशकदेखि हात्तीको स्याहार–सुसारमा समर्पित छन् श्री नारायण धामी । उनी केवल पेशाले मात्रै माउते होइनन्, पुस्तान्तरण हुँदै आएको परम्परा र जिम्मेवारीले पनि बाँधिएका पात्र हुन् ।

धामीले करिब २९ वर्षअघि २६–२७ वर्षको उमेरमा यो पेशा सुरु गरेका थिए । बुवा बिरामी अवस्थामा पुगेपछि घरको जिम्मेवारीसँगै उनले हात्तीको हेरचाहको जिम्मेवारी सम्हाल्नुपर्यो ।

‘बुवा अस्पतालमा हुनुहुन्थ्यो, म हेरचाह गर्न आएँ, अनि यही काम सम्हाल्न थालेँ’ उनी सम्झन्छन् । हाल स्थायी कर्मचारीका रूपमा कार्यरत धामी (इ-तीन) तहमा छन् । मासिक ३५ देखि ४० हजार रुपैयाँसम्म आम्दानी हुन्छ । तर उनको काम केवल तलबमा मात्रै सीमित छैन–यो २४ घण्टाको जिम्मेवारी हो । उनी प्रायः हात्तीखानाभित्रै बस्छन्, परिवार भने घरमै हुन्छ ।

धामीका लागि हात्ती केवल जनावर होइनन्-साथी र परिवार जस्तै हुन् । “दुई–चार दिन घर गयो भने हात्ती नै सम्झिरहन्छु,” उनी भन्छन् ।

सानोदेखिसँगै हुर्काएको हात्ती “स्वीटी” सँग उनको विशेष सम्बन्ध छ । २०६२ सालमा जन्मिएकी “स्वीटी अहिले करिब २० वर्षकी भइन् । सानैदेखि चञ्चले स्वभावकी स्वीटी अहिले पनि उनलाई पछ्याउँछे । मैले बोलाउँदा तुरुन्त चिनेर आउँछे,” उनले मुस्कुराउँदै भने ।

हात्तीको व्यवहार, स्वास्थ्य र मनोदशा बुझ्न उनी अनुभवी भइसकेका छन् । “बिरामी हुँदा खान छोड्छ, चाल फरक देखिन्छ,” उनी भन्छन् । सानोतिनो संकेतबाटै धामीले हात्तीको अवस्था बुझ्न सक्छन् ।

हात्तीको व्यवहार, स्वास्थ्य र मनोदशा बुझ्न उनी अनुभवी भइसकेका छन् । “बिरामी हुँदा खान छोड्छ, चाल फरक देखिन्छ,” उनी भन्छन् । सानोतिनो संकेतबाटै धामीले हात्तीको अवस्था बुझ्न सक्छन् ।

आफ्नो छोराछोरी छोडेर हात्तीका छोराछोरी हुर्काउँदै जीवन बिताएका धामीलाई हात्ती पनि छोराछोरी जस्तै लाग्छन् ।

तालिम खाना र भाषा
हात्तीलाई तालिम दिन विशेष कोड भाषा प्रयोग गरिन्छ, जसमा थारू भाषाको प्रयोग बढी हुन्छ । “बस्न ‘बैठ’, सुत्न ‘सुत’, उठ्न ‘मैल’ भन्ने जस्ता कमाण्ड हुन्छन्,” उनले भने । आधुनिक तरिकाले अहिले सानैदेखि मिठा खानेकुरा-फलफूल, गुँड आदि दिएर सिकाउने चलन बढेको छ ।

फलफूल र गुँड हात्तीले सबैभन्दा मिठो मानेर खाने गरेको धामी बताउँछन् । सिजन अनुसारको घाँससँगै देनिक १५ किलो धान, डेढ किलो गँुड, २५ देखि ३० ग्राम नून र बिहान एक किलो चना खुवाउने गरिएको उनले बताए ।

जोखिम र अनुभव
हात्तीसँग काम गर्दा जोखिम पनि उत्तिकै हुन्छ । धामीले केही सानोतिनो दुर्घटना भोगेका छन् । “तालिम दिने क्रममा कहिलेकाहीँ हान्थ्यो,” उनले भने ।
जङ्गली भाले हात्तीहरू रोनाल्डो, गोविन्दे पनि सौराह क्षेत्रमा आउने गर्छन्, विशेष गरी रातिको समयमा । “भाले लागेको बेला दुई–तीन दिनसम्मै यहीँ बस्छ,” त्यसबेला आफू जोगिएर बस्नुपर्ने उनी बताउँछन् ।

‘भाले हात्ती आउँदा पोथी हात्तीको नजिक जान हुँदैन । टाढैबाट दानापानी दिनुपर्छ । केही दिनपछि आफैँ जंगलतर्फ जान्छ’ उनले भने ।

प्रकृतिसँगको सम्बन्ध
धामीका लागि सबैभन्दा खुशीको क्षण भनेको जंगल यात्रा हो । “जङ्गलमा हिँड्न, डुल्न पाउँदा रमाइलो लाग्छ, जङ्गली जनावर भेटिन्छन्,” उनी भन्छन् ।

आफ्नो परिवारभन्दा टाढा बसेर हात्तीको स्याहार गर्नु सजिलो छैन । तर धामीका लागि यो जीवनशैली बनिसकेको छ । “अब त यिनैको माया लाग्छ,” उनले भने।

करिब ३० वर्षको अनुभवले उनलाई केवल एक माउते मात्र होइन, हात्तीको जीवन बुझ्ने एक जीवित ‘पुस्तक’ बनाएको छ । सौराहाका पर्यटकका लागि हात्ती एउटा आकर्षण हो । तर धामीजस्ता माउतेको मिहिनेत र माया बिना भने त्यो सम्भव छैन ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ७ : २२ बजे

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको