ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै « Khabarhub

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ हुँदैछ ।

आइतबार न्यायाधीशद्वय विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा भएको बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । हिजो ओली र लेखकका तर्फबाट वकिलहरूले बहस गरेका छन् ।

गत भदौमा भएको जेनजी आन्दोलको घटनाबारे गठित जाँचबुझ आयोगको सिफारिसअनुसार ओली र लेखकमाथि अनुसन्धानका लागि प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । उनीहरूमाथि प्रहरीले ज्यानसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ।

पक्राउ विरुद्ध ओलीको तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोधा थापाले चैत १५ गते बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दायर गरेका थिए ।

यसैबीच, काठमाडौँ जिल्ला अदालतले ओली र लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार प्रहरीलाई अनुमति दिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ८ : ०१ बजे

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको