चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक « Khabarhub

चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– आगामी वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ । आयोजक चन्द्रगढी युवा क्लबले आज खेलतालिका सार्वजनिक गरेको हो ।

यही २०८३ वैशाख ५ देखि १४ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद ११ लाख र ट्रफी प्राप्त गर्नेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक भएको आयोजकले जनाएको छ । उपविजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछ ।

खेलतालिकाअनुसार उद्घाटन खेलमा पोखराको आरएस पोखरा फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । त्यस्तै वैशाख ६ गते भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष रोहित सुब्बाले बताए ।

वैशाख ७ गते नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । वैशाख ८ गते एपिएफ फुटबल क्लबले ओखलढुङ्गाको पदमा स्पोर्टस् क्लबविरुद्ध खेल्नेछ । वैशाख ९ गते पुलिस र आयोजकबीचको विजेतासँग भारतको रानी लक्ष्मीबाई स्पोर्टस् एकेडेमीले सामना गर्नेछ । वैशाख १० गते एपिएफ र पदमाबीचको विजेताविरुद्ध सङ्कटा फुटबल क्लबले खेल्नेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल वैशाख १२ गते र दोस्रो सेमिफाइनल खेल वैशाख १३ गते हुनेछ । फाइनल खेल वैशाख १४ गते हुने प्रतियोगिता हुने उनले जानकारी दिए । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद २५ हजार पाउनेछ ।

भद्रपुरको मेची रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रयोजक भद्रपुरकै ओम साई पाथिभरा हस्पिटल रहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ११ : २८ बजे

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति