ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु « Khabarhub

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि सुशासनको पक्षमा आफूहरूले काम गरेका बताएका छन् । सोमबार स्टक ब्रोकर एशोसिएसनको समूहसँग भेटघाट गर्दै मन्त्री वाग्लेले सो बताएका हुन् ।

‘नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु छ, त्यसका लागि सुशासनका काम गर्नु छ, जनमत पनि यही हो, हामी गर्छौँ’, उनले भने, ‘केही अनुसन्धान पुरानै हुन् अहिले अन्तिमतिर पुगेका हुन्, अपराध गरेकालाई उन्मुक्ति हुँदैन तर, छानीछानी प्रतिशोध हुँदैन ।’

सरकार निजी क्षेत्रमैत्री भएको भन्दै उनले रास्वपा र सरकार निजी क्षेत्र विरोधी नभएको स्पष्ट पारे । साथै, उनले आगामी बजेट ०४८ साल यताकै रूपान्तरणकारी र ऐतिहासिक आउने पनि बताए । 

‘नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँदै छ, हल्ला र गलत अफवाहको पछि कोही पनि नलागौँ’, उनले भने, ‘सेयर बजारमा सबै भन्दा उदार पार्टी र घोषणापत्रमै स्पट धारणा राख्ने हामी हौँ, तर, अहिले अफवाह फैलाइँदै छ, यसको पछि नलाग्न म सबैलाई आग्रह गर्छु ।’

अर्थमन्त्रीसँगको भेटमा एशोसिएसनका प्रतिनिधिहरूले वर्तमान बजारमा सेयर बेचेर निस्किएका र बजारबाट सेयर उठाउन लागेका मानिसले बजारमा गलत हल्ला मच्चाइरहेको बताएका थिए । उनीहरूले संस्थागत लगानीकर्ताका लागि बजारमा सहजताको उपाय अपनाउनु जरुरी रहेको तर्क गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १२ : १४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि