टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य सुरु (तस्बिरहरू) « Khabarhub

टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य सुरु (तस्बिरहरू)


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण कार्य अगाडी बढाएको छ । 

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सूचना जारी गरी  चैत ८ गतेदेखि निर्माण कार्य सुरु गरेको हो ।

महानगरपालिकाको आर्थिक वर्ष २०८२-८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत सो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो ।

महानगरले भ्याटसहित २ करोड ४२ लाख ५१ हजार १३१ रुपैयाँमा न्यू बेन्जामिन सुस्मन आर. के (जे.भी)  सँग  एक वर्ष भित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको हो । हाल  टुँडिखेलमा धरहरा निर्माणको समयमा राखिएको माटो हटाउने, चार कुनामा बोरिङ खन्ने काम भई रहेको छ ।

निर्माण कार्य सुरु भएपछि सो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू अवरुद्ध हुने महानगरले जनाएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १२ : ४८ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र