कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा « Khabarhub

कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा

प्रहरी भन्छ : भ्रामक सूचना नफैल्याउनू


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका ‘बले’ नामले चिनिने कलाकार सागर लम्सालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले चार दिनअघि पक्राउ परेका कलारका लम्सालमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरिसकेको बताएका छन्। हाल उनीमाथि अभद्र व्यवहार गर्न नहुने कसूरमा अनुसन्धान अघि बढाइएको भट्टराईले बताए ।

प्रहरीले यस विषयमा सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा सञ्चारमाध्यमको नाममा सञ्चालित खातामार्फत् भ्रामक तथा अप्रमाणित सूचना प्रसारित भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरी परिसरले अनुसन्धान प्रभावित हुने गरी गलत सूचना नफैल्याउन र यस्ता गतिविधिबाट टाढा रहन सबैलाई अनुरोध गरेको छ।

प्रहरी उपरीक्षक तथा सूचना अधिकारी भट्टराईले अनुसन्धान प्रक्रिया कानुनअनुसार अगाडि बढिरहेको उल्लेख गरिएको छ।

आरोप थियो बलात्कारको

अमेरिकामा बस्दै आएकी एकजना महिला कलाकारले नै बलेमाथि फेसबुकमार्फत् बलात्कार आरोप लगाएकी थिइन् ।

तर उनी र उनको परिवारले अहिलेसम्म बलेविरुद्ध जबरजस्ती करणसम्बन्धी कुनै किसिमको जाहेरी कहीँ पनि दिएका छैनन्।

फेसबुक पोस्टकै आधारमा प्रहरीले हतकडी लगाएर सार्वजनिक गरेका बलेलाई म्याद थप्ने क्रममा प्रहरीलाई तनाव भएको थियो।

बलात्कारसम्बन्धी आरोप लगाएर गरिएको फेसबुक पोस्टका भरमा पक्राउ गरिएका उनलाई त्यही अभियोगमा मुद्दा अघि बढाउन नमिलेपछि प्रहरीले अभद्र व्यवहारको सहारा लिएको हो ।

अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा अघि बढाउन उनलाई प्रहरीले अदालतको साटो जिल्ला प्रशासन कार्यालय काठमाडौं लग्यो । जहाँबाट उनीमाथि प्रहरीलाई प्रशासनले ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाउन अनमुति दिएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १२ : ५१ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी