अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता « Khabarhub

अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिका र इरानबीच ४५ दिनको युद्धविरामबारे अन्तिम चरणको वार्ता भइरहेको छ। मध्यस्थता गरिरहेका देशहरूको प्रयास जारी रहे पनि आगामी ४८ घण्टा निर्णायक मानिएको छ।

एक्सियोसका अनुसार युद्धविराम प्रस्ताव दुई चरणमा हुनेछ। पहिलो चरणमा ४५ दिनको युद्धविराम लागू गरी स्थायी शान्ति सम्झौताका लागि वार्ता गरिनेछ।

यसैबीच अमेरिका र इजरायलले इरानका कम्तीमा १२ शहरमा आक्रमण गरेका छन्, जसमा राजधानी तेहरान पनि समावेश छ।

उक्त आक्रमणका क्रममा कोममा ५ जनाको मृत्यु भएको छ भने कोङ्ग सिटीमा ६ जनाको ज्यान गएको । त्यहाँ १७ जना घाइते भएका छन्।

चीन-रसिया सक्रिय

उता इरान युद्धका विषयमा चीनका विदेशमन्त्री वाङ यी र रूसका विदेशमन्त्री सर्गेई लावरोव बीच टेलिफोन वार्ता भएको छ।

चीनले होर्मुज जलडमरूमध्ये क्षेत्रमा बढ्दो तनाव अन्त्य गर्न युद्ध रोक्दै तत्काल युद्धविराम लागू गर्नुपर्ने बताएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १ : १० बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री