रामकुमारीले भनिन्- जेन-जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ « Khabarhub

रामकुमारीले भनिन्- जेन-जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सदस्य रामकुमारी झाँक्रीले सिंहदरबार, सर्वोच्च अदालतलगायत राज्यका महत्त्वपूर्ण संरचना जलाउँदा पनि केही हुँदैन भन्ने भाष्यलाई गलत साबित गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै नेकपा (एमाले) का नेत्री झाँकीले गत भदौ २३ र २४ को को जेन-जी आन्दोलन शान्तिपूर्ण थियो भन्ने नाममा ऐतिहासिक संरचनाहरू जलाइनुको उत्तर कसले खोज्ने भन्ने प्रश्न सृजना भएको टिप्पणी गरिन् । 

सो सभामा निर्वाचित भएपछि सभामा पहिलो पटक बोल्दै उनले युवालाई कसले प्रयोग गरे भन्ने निष्पक्ष छानबिन हुनुपर्ने र राज्यलाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिइन् ।

उनले विगतमा सबै ठीक थियो वा सबै गलत थियो भन्ने भाष्य पनि सही नभएको उल्लेख गर्दै समाजको विकासक्रमसँगै भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्ने पनि बताइन् । 

उनले नवयुवालाई लोकतान्त्रिक शासनकालमा भएका प्रयासबारे बुझाउँदै कमजोरीलाई सुधार्ने काममा कमजोरी भएको बताइन् ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १ : ४० बजे

प्रधानमन्त्रीलाई वर्षमानले भने : भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री