श्रमसंस्कृतिका सांसदले भने : रास्वपाको सरकारले गोरेटो होइन, हाइवे बनाउन सक्नुपर्छ « Khabarhub

श्रमसंस्कृतिका सांसदले भने : रास्वपाको सरकारले गोरेटो होइन, हाइवे बनाउन सक्नुपर्छ


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको सोमबारको बैठकमा भोजपुरबाट निर्वाचित श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारको कामकारबाही र विकास योजनाबारे टिप्पणी गरेका छन्।

सांसद राईले वर्तमान सरकार शक्तिशाली अवस्थामा रहेकाले साना काममा अल्झिनु भन्दा ठूला योजना अघि बढाउनुपर्ने बताए। ‘यो शक्तिशाली सरकारले गोरेटो होइन, हाइवे नै बनाउनुपर्छ,’ उनले भने।

उनले बजेट निर्माण प्रक्रियामा कुनै पनि जिल्लामाथि विभेद नगर्न आग्रह गर्दै सबै जिल्लालाई समेटेर योजना ल्याउन सरकारलाई सुझाव दिए।

राईले आफूहरू संसद्मा नीति–नियम मात्रै बनाउन नभई विकासको जिम्मेवारी पनि बोकेर आएको उल्लेख गरे। ‘जनताले विकास गर्न सकेनन् भन्ने गुनासो गरिरहेका छन्,’ उनले भने।

सांसद राईले भोजपुर र खोटाङ जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत करिब १० किलोमिटर सडक १२ वर्षदेखि अलपत्र रहेको भन्दै तत्काल निर्माण सम्पन्न गर्न माग गरे।

त्यसैगरी भोजपुर जोड्ने अरुण र दूधकोशी नदीमाथिका पुलहरू पनि लामो समयदेखि अलपत्र परेको उल्लेख गर्दै उनले ती परियोजनातर्फ सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १ : ३३ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन