काठमाडौं– नेकपा एमालेका सांसद ऐन बहादुर महरले तत्काल पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई बिना शर्त रिहाइको माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले प्रतिशोध र पूर्वाग्रहको राजनीति बन्द गर्दै तत्काल ओली र लेखकलाई बिना शर्त रिहाइको माग गरेका हुन् ।
उनले सरकारले गैरकानुनी र गैरन्यायीक ढङ्गले पक्राउ पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गरेको उल्लेख गरे । लोकतन्त्रमा पूर्वाग्रह र प्रतिशोधको कुनै स्थान नहुने भन्दै सांसद महरले विधि शासनको स्थापना गर्नका निमित्त सबैलाई समान खालको व्यवहार हुनुपर्नेमा जोड दिए ।
त्यस्तै उनले सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीमा विद्यार्थी संगठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन समेत माग गरे ।
उनले विद्यार्थी आन्दोलन नेपालको लोकतान्त्रिक आन्दोलन र व्यवस्थाका मूल मर्म भएको उल्लेख गरे ।




































प्रतिक्रिया