काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सदनलाई सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद दुलालले सदनलाई कतिपय अवस्थामा बहुमतको आधारमा पेल्ने एउटा थलोको रूपमा देखिएको भन्दै अव सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्ने बताएका हुन् ।
उनले देशमा मौलाउँदै गरेको भ्रष्टाचार, विकृति, बिसंगतिका विरुद्ध गरेको विद्रोह गरेको भन्दै उनीहरूको चाहना अनुसार देशलाई अघि बढाउनुपर्नेमा जोड दिए । संविधानले समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्ने संकल्प गरेको भन्दै सरकारको ध्यान त्यसतर्फ जानुपर्ने उनले बताए ।
उनले सरकारले स्टन्ड गरेर समय खेल फाले नवयुवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था नआउने उल्लेख गरे । उनले देश र जनताको आवश्यकताका आधारमा संविधान संशोधनका लागि अघि बढ्नुपर्ने समेत बताए ।













प्रतिक्रिया