वर्षौंदेखि अलपत्र परेका सडकका ठेक्का तोडिँदै « Khabarhub

वर्षौंदेखि अलपत्र परेका सडकका ठेक्का तोडिँदै


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका विभिन्न सडक आयोजनाका ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।

पूर्वाधार विकास कार्यालय र डिभिजन सडक कार्यालय महेन्द्रनगरले लामो समयदेखि अलपत्र रहेका तथा पटक पटक मौखिक र लिखित ताकेता गर्दासमेत बेवास्ता गरी हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएका सडकको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गरेर ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो । 

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले लामो समयदेखी अलपत्र रहेका सडक योजना सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानून बमोजिम ठेक्का अन्त्य गर्न लागेको जानकारी दिए । 

‘हामीले पटकपटक ताकेता गर्दा समेत सम्पर्कमा नआएर सडक निर्माण अलपत्र पार्ने २५ सडक योजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने, ‘पाँच/सात वर्षदेखि अलपत्र रहेका सडक योजना काम हुने अवस्था नदेखिएपछि ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो ।’

पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि सुरु भएका धेरैजसो सडक आयोजनामा प्रगति न्यून छ । ठेक्का लिएका निर्माण व्यवसायीहरूले काममा ढिलासुस्ती गर्दै आएपछि स्थानीयवासीले समेत चर्को गुनासो गर्दै आएका थिए । 

त्यसैगरी सडक डिभिजन कार्यालय महेन्द्रनगर २०७८/७९ मा सम्झौता भएर काम नभएका ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको कार्यालयका सूचना अधिकारी हरिप्रसाद जोशीले जानकारी दिए । 

कार्यालयका अनुसार पूर्वपश्चिम राजमार्गको अत्तरिया–गड्डाचौकी खण्डका विभिन्न स्थानमा सडक विस्तार गर्ने कैलालीको खुटिया पुल–उर्मा–भडा सडकको स्तरोन्नति गर्ने कार्य अलपत्र छ । 

ठेक्का सम्झौताअनुसार उक्त सडकको काम अलपत्र छाडी पटकपटक ताकेता गर्दा निर्माण कम्पनीले काम नगरेपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो । 

ठेक्का तोडिने सूचीमा अधिकांश ग्रामीण भेगका सडक परेका छन् । यी सडक नबन्दा स्थानीय बासिन्दाले दैनिक आवतजावतमा निकै सास्ती खेप्नुपरेको छ । रासस

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ४ : २२ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद