कोशी प्रदेशसभाबाट आमसञ्चार विधेयक सर्वसम्मतिले पारित « Khabarhub

कोशी प्रदेशसभाबाट आमसञ्चार विधेयक सर्वसम्मतिले पारित


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सो विधेयक पारित गरियोस् भनी गरेको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

यस अघि न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले ‘कोशी प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गरेकी थिइन् ।

समितिको प्रतिवेदनसहितको विधेयकमाथि प्रदेशसभा नियमावली २०७४ को नियम १०७ को उपनियम(२) को खण्ड (क) बमोजिम छलफल गरियोस् भनी मन्त्री पराजुलीले गरेको प्रस्तावमा कुनै पनि सांसदले छलफलमा सहभागिता जनाएनन् ।

विशेष समय

विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट रेवतीरमण भण्डारीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने बजेटको मिहिन ढङ्गले छलफल गर्नुपर्ने धारणा राखे।

उनले कोशी प्रदेशमा ३६ वटा हिमताल जोखिमयुक्त रहेकाले यसका निम्ति  सरकारले योजनाबद्धरुपमा पूर्वतयारी गर्नुपर्ने बताए ।

नदी तटीय क्षेत्रमा बसोबास गर्ने मानिसको जीवन प्रभावित हुन नदिन सरकार गम्भीर बन्नुपर्ने सुझाव उनले दिए । उनले सरकारले सञ्चालन गरेको योजनाहरु अधुरा हुन दिनतर्फ सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट गोपाल तामाङले राष्ट्रिय आवास कम्पनीको नाममा पूर्वीनेपालको काँकरभिट्टामा रहेका बस्ती विकास कम्पनीले मनोमानी गरिरहेकाले खारेजको माग गरे ।

जनता समाजवादी पार्टी कोशी प्रदेशसभा संसदीय दलका नेता निर्मला लिम्बूले विकासको नाममा धार्मिक क्षेत्रको अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराए ।

सभाको शून्य समय र विशेष समयमा कोशी प्रदेशसभाका सदस्यहरुले उठाएका पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित प्रश्न तथा जिज्ञासाको जवाफ सो मन्त्रालयका मन्त्री भीम पराजुलीले दिएका थिए ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्यहरु सपना दर्जी, गयानन्द मण्डल, सिर्जना राई, रामदेव यादव र कमला थापामगरले विविध पक्षमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा कोशी प्रदेश प्रमुख कार्यालय विराटनगरबाट कोशी प्रदेशसभाको आठौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने पत्र सभामुख विष्टले पढेर सुनाएका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ७ : १५ बजे

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा

ओली र लेखकलाई राहत दिँदा सर्वोच्चले यसरी गर्‍यो मानवीय पक्षको व्याख्या

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश