काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको हताहतीसम्बन्धी प्रकरणमा पक्राउ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको हकमा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिदिएको हो ।
सर्वोच्चले दुवैको हकमा दायर रिट खारेज गरिदिएसँगै सरकारका नाममा परमादेश जारी गरेको छ। सर्वोच्चले पछिल्लो पटक आइतबार थपेको ५ दिनको म्याद सकिएसँगै दुवैजनालाई हिरासतमुक्त गर्न आदेश दिएको छ।
दुवैजनालाई जिल्ला अदालत काठमाडौंले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक ५ दिनको लागि म्याद थप गरेकाे थियाे । अब त्यो म्याद सकिएसँगै ओली र लेखक दुवै आगामी चैत २६ गते रिहा हुनेछन्।













प्रतिक्रिया