मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस « Khabarhub

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।

आयोगका मधेस प्रदेश कार्यालय प्रमुख बुद्धनारायण सहनीले आज जनकपुरधाममा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख कर्णले मानव अधिकार संरक्षण राज्यको महत्त्वपूर्ण दायित्व भएको उल्लेख गर्दै आयोगले उठाएका विषयवस्तुलाई गम्भीरतापूर्वक अध्ययन गरिने बताए । साथै उनले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।

सो  प्रतिवेदनमा मधेस प्रदेशमा मानव अधिकारको अवस्था, चुनौती तथा सुधारका लागि आवश्यक सुझाव समेटिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ७ : २६ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा