‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’ « Khabarhub

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त अधिकारीले नेपालको शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको बताएका छन् ।

दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा सोमबार पोखराको अमरसिंद्ध नमूना मावि पचभैयामा आयोजित श्रीकान्त अधिकारी शतवार्षिकी विशेष ‘गुणस्तरीय शिक्षा र विविध आयाम’ विषयक अन्तरक्रियामा उनले अधिकारीले गरेको योगदान वर्तमान पुस्ताका लागि अनुकरणीय भएको बताए ।

समाजमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ भन्ने सोच भएका अधिकारी बिपी कोइराला, कृष्णप्रसाद भट्टराई जस्ता राजनीतिक व्यक्तित्वसँग काम गरेका एक आदर्श प्रजातन्त्रवादी नेता, व्यवहारवादी समाज सुधारकका रूपमा रहेका महानगरप्रमुख आचार्यको भनाइ थियो । 

पोखरालगायत विभिन्न क्षेत्रमा शैक्षिक संस्थाहरू स्थापनामा विशिष्ट योगदान गरेका अधिकारीले विद्यार्थीमा किताबी ज्ञानका साथसाथै राजनीतिक चेतना जगाउन पनि विशिष्ट योगदान गरेको उनको भनाइ छ ।

अमरसिद्ध नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर भुजेलले अमरसिंद्ध माविको स्थापनामा पनि महत्त्वपूर्ण योगदान गर्नुका साथै अधिकारीले यस क्षेत्रमा विभिन्न १२ वटा विद्यालय स्थापना गरेको जानकारी गराए ।

प्रतिष्ठानका अध्यक्ष गायत्री अधिकारी, सदस्य शरणकुमार अर्याल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दीनानाथ ढकाल लगायतले बहुआयामिक क्षेत्रमा अधिकारीले पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गरे । 

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ७ : ३२ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा