आईपीएल: सञ्जु सामसन चम्किएको खेलमा चेन्नईले दिल्लीलाई हरायो « Khabarhub

आईपीएल: सञ्जु सामसन चम्किएको खेलमा चेन्नईले दिल्लीलाई हरायो


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – सञ्जु सामसनको विष्फोटक ब्याटिङको मद्दतले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि ८ विकेटको सहज जित दर्ता गरेको छ ।

दिल्लीस्थित घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको मध्यम योगफल तयार पारेको थियो । १५६ रनको लक्ष्य पछ्याएको चेन्नईले मात्र २ विकेट गुमाएर १७.३ ओभरमै लक्ष्य भेट्टायो ।

चेन्नईको जितमा नायक बनेका सामसनले ५२ बलमा अविजित ८७ रनको इनिङ खेले । उनी प्लेयर अफ द म्याच बने। चेन्नईले १५ बल बाँकी छँदै जित हात पारेपछि अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ ।

दिल्लीका लागि बलरले कसिलो बलिङ गर्न नसक्दा चेन्नईका ब्याटर हाबी भएका थिए । यो हारसँगै दिल्लीको प्लेअफ यात्रा थप चुनौतीपूर्ण बनेको छ ।

तालिकामा चेन्नईले १० खेल खेल्दा १० अंक जोडेको छ भने समान खेल खेलेको दिल्ली आठ अंकमा सीमित छ । चेन्नई तालिकाको छैटौं स्थानमा छ भने दिल्ली सातौ स्थानमा छ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ६ : ०३ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले