इरानको एक सपिङ सेन्टरमा आगलागी, आठ जनाको मृत्यु « Khabarhub

इरानको एक सपिङ सेन्टरमा आगलागी, आठ जनाको मृत्यु


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा रहेको अन्डिशे सहरस्थित अर्गावन कमर्शल कम्प्लेक्समा भएको भीषण आगलागीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।

इरानको सरकारी टेलिभिजन आईआरआइबीका अनुसार करिब २५० भन्दा बढी व्यापारिक एकाइ सञ्चालनमा रहेको उक्त बहुउद्देश्यीय सपिङ सेन्टरमा आगलागी हुँदा ठूलो क्षति पुगेको छ।

इरानी विद्यार्थी समाचार एजेन्सी (आईएसएनए) ले एन्डिशे सहरको अग्नि नियन्त्रण विभागका प्रमुख अली पाइदारनलाई उद्धृत गर्दै स्थानीय समयअनुसार बेलुका ४ः४० बजे आगलागी सुरु भएको जनाएको छ। भवनको बाहिरी भागमा प्रयोग गरिएको मिश्रित निर्माण सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको उनले बताएका छन्।

उद्धार तथा राहत कार्य जारी रहेको छ। आईएसएनएका अनुसार इरान रेड क्रिसेन्ट सोसाइटीका टोलीहरू तालिम प्राप्त कुकुरसहित घटनास्थलमा परिचालन गरिएका छन् र सम्भावित थप फसेकाहरूको खोजी भइरहेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  १२ : ३३ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका