हुयोन प्रकरणमा प्रधानमन्त्रीका आफन्तको ३० प्रतिशत हिस्सेदारी स्वीकार « Khabarhub

हुयोन प्रकरणमा प्रधानमन्त्रीका आफन्तको ३० प्रतिशत हिस्सेदारी स्वीकार


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कम्बोडियामा साइबर ठगी, मनी लन्ड्रिङ र डिजिटल भुक्तानी प्रणालीसँग जोडिएको विवाद चर्किँदै जाँदा प्रधानमन्त्री हुन मानेटका एक भाइ (काकाका छोरा) ले सम्बन्धित कम्पनीमा आफ्नो प्रत्यक्ष हिस्सेदारी रहेको स्वीकार गरेका छन् । 

बुधबार जारी वक्तव्यमा हुन टोले आफूले हुयोन पे पीएलसीमा ३० प्रतिशत सेयर स्वामित्व राखेको स्पष्ट पारे । यसले प्रकरणलाई थप राजनीतिक र आर्थिक चासोको विषय बनाएको छ ।

अमेरिकी सरकारले गत वर्ष हुयोन समूहमाथि गम्भीर आरोप लगाउँदै उक्त समूह अन्तर्गतका कम्पनीहरूले दक्षिणपूर्व एसियाबाट सञ्चालन हुने ठगी गतिविधिबाट प्राप्त रकमलाई अन्तर्राष्ट्रिय आपराधिक सञ्जालमार्फत वैध देखाउने काम गरेको दाबी गरेको थियो । ई–कमर्स, भुक्तानी सेवा र क्रिप्टोकरेन्सी कारोबारमा सक्रिय यो समूहअन्तर्गतको हुयोन पे विशेष रूपमा विवादमा तानिएको थियो ।

वक्तव्यमा हुन टोले आफूले स्वामित्व स्वीकार गरे पनि कम्पनीको दैनिक व्यवस्थापन वा सञ्चालनमा कुनै भूमिका नरहेको उल्लेख गरेका छन् । साथै उनले उक्त कम्पनीबाट अहिलेसम्म कुनै नाफा, लाभांश वा आर्थिक फाइदा नलिएको दाबी गरेका छन् ।

यसैबीच, चिनियाँ मूलका ली जियोङलाई अप्रिल १ मा चीन सुपुर्दगी गरिएको थियो । उनी हुयोन समूहका पूर्व अध्यक्ष हुन्। चिनियाँ अधिकारीहरूका अनुसार ली एक ठूलो अन्तर्राष्ट्रिय जुवा तथा ठगी सञ्जालका प्रमुख पात्रमध्ये एक रहेको र विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ ।

रिच्स एन्ड पार्टनर्स नामक लिक्विडेटर संस्थाको प्रतिवेदनअनुसार लीसँग हुयोन पेमा ६२ प्रतिशत सेयर स्वामित्व थियो भने हुन टोको हिस्सेदारी ३० प्रतिशत रहेको उल्लेख गरिएको छ । सोही प्रतिवेदनमा कम्पनीको बन्द गर्ने प्रक्रिया अक्टोबर २०२५ मा सम्पन्न भएको जानकारी दिइएको छ ।

यता, गत महिनादेखि सर्वसाधारण प्रयोगकर्ताहरूले हुयोन प्लेटफर्म अन्तर्गतको एच–पे (पहिले हुयोन पे) मा आफ्नो खाताहरू फ्रिज भएको भन्दै विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले डिसेम्बरदेखि प्लेटफर्ममा पहुँच नपाएको गुनासो गर्दै आफ्ना रकम फुकुवा गर्न माग गरेका छन् ।

कम्बोडियाको केन्द्रीय बैंकले भने उक्त प्लेटफर्मको व्यवसाय सञ्चालन इजाजतपत्र खारेज गरिसकेको जनाएको छ, जसले सम्पूर्ण प्रकरणलाई थप जटिल र संवेदनशील बनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  १ : ३६ बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत