सडकमा उत्रिए बिर्तामोडका सुकुम्वासी, डोजर आतंक बन्द गर्न माग « Khabarhub

सडकमा उत्रिए बिर्तामोडका सुकुम्वासी, डोजर आतंक बन्द गर्न माग


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

झापा- बिर्तामोडका सुकुम्वासीहरूले डोजर आतंक बन्द गर्न माग गर्दै बुधबारदेखि आन्दोलन सुरू गरेका छन् ।

सुकुम्वासी क्षेत्रमा बसोबास गर्नेहरूले बसोबास गरेकै ठाउँको धनीपुर्जा पाउनुपर्ने माग गरेका हुन् ।

वर्षौँदेखि बसोबास गरेको ठाउँबाट हटाउन नपाइने बताउँदै उनीहरूले धनीपुर्जाको व्यवस्था गर्न माग गरेका हुन् ।

देशभर डोजर आतंक सुरू गरिएको बताउँदै आन्दोलित सुकुम्वासीहरूले नागरिक आवासको हकमाथि खेलवाड नगर्न चेतावनी दिएका छन् ।

बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै भूमिहीन-सुकुमवासी संयुक्त संघर्ष समितिले नगरपालिका क्षेत्रभित्रका घर–टहरा भत्काउने कार्य तुरुन्त रोक्न, वास्तविक सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन र भू–माफियालाई कारबाही माग गरेको छ ।

यसका साथै, डोजर आतंकका कारण ज्यान गुमाएकालाई शहिद घोषणा गरी उनीहरूको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसमेत अघि सारिएको छ ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईंलाई बुझाइएको ज्ञापनपत्रमा सरकारले चलाएको डोजर आतंकले भूमिहीन सुकुम्वासीहरूको मौलिक हक कुण्ठित गरेको उल्लेख गरिएको छ ।

नेपालको संविधान २०७२ को धारा ३७ ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने व्यवस्था गरेको र सर्वोच्च अदालतले समेत वैकल्पिक व्यवस्था नगरी उठिबास नलगाउन निर्देशन दिएको अवस्थामा सुकुम्वासी बस्तीहरूमा डोजर चलाउनु अमानवीय भएको संघर्ष समितिले जनाएको छ ।

बिर्तामोडमा मात्रै १०३५ भूमिहीन सुकुम्वासी र १५२० अव्यवस्थित बसोवासीहरू रहेको तथ्य प्रस्तुत गर्दै ज्ञापनपत्रमा डोजर आतंकका कारण १७ वर्षीय रबिन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेको दुःखद घटना स्मरण गराइएको छ ।

संयोजक बिष्णुमाया विश्वकर्मा र सचिव रमेश मुर्मुद्वारा हस्ताक्षरित उक्त पत्रमा यी मागहरू यथाशीघ्र पुरा नगरिए चरणबद्ध आन्दोलनमा उत्रने र त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी दिइएको छ । सयौँको संख्यामा सहभागी सुकुम्वासीहरूले सरकारको कडा विरोध गरेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ३ : १५ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका