‘लालीबजार’को पक्षमा उच्च अदालतको आदेश, शुक्रबारदेखि हलमा लाग्ने « Khabarhub

‘लालीबजार’को पक्षमा उच्च अदालतको आदेश, शुक्रबारदेखि हलमा लाग्ने


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पाटनको आदेशपछि विवादित चलचित्र ‘लालीबजार’को प्रदर्शनका लागि बाटो खुलेको छ। अब यो फिल्म आगामी वैशाख २५ गते शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने भएको छ।

रोशनी नेपालीले चलचित्रको प्रदर्शन रोक्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। अदालतको यस निर्णयले तत्कालका लागि प्रदर्शन रोक्नुपर्ने अवस्था नरहेको प्रष्ट पारेको छ।

अन्तरिम आदेश नदिने निर्णयको अर्थ अन्तिम फैसला नआउँदासम्मलाई माग गरिएअनुसारको रोक लगाउने आदेश कायम नरहने भएकाले निर्माण पक्षलाई फिल्म प्रदर्शनमा लैजाने बाटो खुलेको हो।

यसअघि अदालतले गत १५ गते प्रदर्शन स्थगित गर्न आदेश दिएपछि वैशाख १९ गतेदेखि रिलिज गर्ने तयारीमा रहेको चलचित्रको भविष्य अनिश्चित बनेको थियो।

उता फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराईले सामाजिक सञ्जालमार्फत अदालतको आदेशपछि प्रदर्शनको तयारी पूरा भएको जानकारी दिएका छन्।

आमा र छोरीबीचको भावनात्मक सम्बन्धमा आधारित फिल्मले कुनै पनि समुदाय वा वर्गलाई ठेस पुर्‍याउने उद्देश्य नराखेको उनले स्पष्ट पारेका छन्।

यसअघि उच्च अदालत पाटनले वैशाख १५ गते उक्त फिल्मको प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

न्यायाधीश प्रकाश ढुङ्गानको एकल इजलासले बादी समुदायको कथामा आधारित फिल्मले उक्त समुदायको चरित्रमा असर पर्ने भन्दै रोक लगाएको थियो।

रोशनी नेपालीले फिल्म प्रदर्शनमा आएपछि बादी समुदायको छविमा क्षति पुग्ने दाबी गर्दै रिट दर्ता गरेपछि अदालतले तत्काल प्रदर्शन रोक्ने आदेश दिएको थियो। त्यही दिन साँझका लागि तय गरिएको प्रिमियर पनि अन्तिम समयमा रद्द गरिएको थियो।

पक्ष–विपक्षबीच बुधबार भएको छलफलपछि अदालतले फिल्म प्रदर्शनमा रहेको रोक हटाएको हो।

षट्कोण आर्ट्सद्वारा निर्माण गरिएको ‘लालीबजार’का लेखक तथा निर्देशक यम थापा हुन् भने नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेकी छन्।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ६ : २३ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई