नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा « Khabarhub

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट तथा एसीसी महिला प्रिमियर कपका लागि आज नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले १४ सदस्यीय नेपाली महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । वैकल्पिकमा भने चार जना छन् ।

टोलीको कप्तानी इन्दु बर्माले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतोले सम्हाल्नेछिन् । सो टोलीमा विन्दु रावल, सम्झना खड्का, रुवी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सीता राना मगर, अनु कडायत, मनीषा उपाध्याय, रुविना क्षेत्री, सोनी पाख्रिन र सीमा केसी समावेश छन् ।

त्यसैगरी वैकल्पिक खेलाडीका रूपमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउदलाई राखिएको क्यानले जनाएको छ । मलेसियामा हुने एसियन गेम्स छनोट मे २३ देखि ३१ तारिखसम्म हुँदैछ भने प्रिमियर कप आगामी जुन १ देखि १३ सम्म हुनेछ ।
 

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ७ : ०५ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले