रामकृष्णको ‘मालती मंगले’ हेर्न पुगे रवि « Khabarhub

रामकृष्णको ‘मालती मंगले’ हेर्न पुगे रवि


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्ना पुराना साथी रामकृष्ण ढकालले बनाएको चलचित्र ‘मालती मंगले’को प्रिमियरमा सहभागी हुन लबिम मल पुगेका छन् ।

तीन दशक पुराना साथी एवम् गायक ढकाल निर्माता रहेको यो फिल्म हेर्न लामिछाने पुलचोकस्थित लाबिम मल पुगेका हुन् । त्यहाँको क्युएफएक्स सिनेमा हलमा रविले रामकृष्णसँगै उक्त फिल्म हेरिरहेका छन्।

यो फिल्म यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यसअघि पुराना साथी यी दुईले मिलेर ‘तिम्रो आगमनले’ बोलको गीत बनाएका छन् । यो गीतका शब्द लामिछानेको हो भने स्वर ढकालले दिए।

‘मालती मंगले’मा विजय बराल र वर्षा राउतको अभिनय छ । यो चलचित्रको प्रिमियरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पनि सहभागी छन् ।

तर गत भदौ २४ गते जेल ब्रेक गरेका रविलाई लिन सनरुफवाला आफ्नो गाडी हाँकेर पुगेका रामकृष्ण अहिले विवादमा छन् ।

उनले रविको गैह्रकानुनी काममा साथ दिएको भन्दै फिल्म बहिष्कार ट्रेन्ड नै चलाइएको छ। उनला खरानी ग्याङको सदस्य भन्दै साइबर आक्रमण भइरहेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ७ : २२ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम