सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना « Khabarhub

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चमेना गृह (क्यान्टिन)मा म्याद गुज्रिएको दही फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार जरिवाना गरेको छ।

विभागको टोलीले आज गरेको अनुगमनका क्रममा म्याद गुज्रेको दही फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुर गरेका देखिएकाले उक्त जरिवाना गरिएको हो।

अनुगमन टोलीले उक्त दहीको उत्पादक श्रीकृष्ण डेरी फर्मलाई व्यवसाय दर्ता प्रमाणपत्र तथा उक्त दहीको बिक्री बिल लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ। रासस

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ८ : ३९ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण