संकटमा नेपाली चलचित्र बजार : कलेक्सनभन्दा स्टारकाे पारिश्रमिक बढी « Khabarhub

संकटमा नेपाली चलचित्र बजार : कलेक्सनभन्दा स्टारकाे पारिश्रमिक बढी

करोडको लगानी, लाखको व्यापार


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ०७८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाखभन्दा थोरै बढी छ । अर्कोतर्फ नेपालको सबैभन्दा बढी ४७ करोड व्यापार गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न १७ लाख वटा टिकट खरिद–बिक्री भएको छ ।

सर्वाधिक दोस्रो व्यापार गर्ने ‘कबड्डी ४’ र तेस्रो व्यापार गर्ने ‘१२ गाउँ’को ग्रसलेक्सन जोड्ने हो भने पनि ‘पूर्णबहादुरको सारङ्गी’को भन्दा कम हुन्छ ।

यस्तो ऐतिहासिक व्यापार गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ कुल जनसंख्याको ६ प्रतिशतभन्दा पनि कम हो । यसले कति प्रतिशत नेपालीले घरेलु बजारमा फिल्म हेर्छन् भन्ने प्रष्ट पार्छ ।

नेपालमा वार्षिकरुपमा औषत ६० फिल्म प्रदर्शनमा आउँछन् । उक्त संख्याका दर्शकका लागि बढी फिल्म भएको चलचित्रकर्मीहरूको विश्लेषण पनि सुन्न पाइन्छ । केहीले फिल्महरू बक्स अफिसमा लगातार फ्लप हुनुको कारण पनि यही हो भन्ने तर्क अगाडि सार्छन् ।

तर, पछिल्लो समय स्टार महँगा भनिएका नायकहरूको फिल्म बक्स अफिसमा फ्लप भएका छन् । जसले गर्दा बक्स अफिसमा हिट फिल्मको खडेरी नै लागेको छ ।

चर्चामा रहेको पारिश्रमिकभन्दा फिल्मको ग्रस कलेक्सन कम देखिन लागेको छ । जसले नायकहरूको व्यवसायिक करिअरमै प्रश्न उठाएको छ ।

नायकहरूमाथि ग्रसभन्दा बढी पारिश्रमिक लिने ? निर्मातालाई किन मारमा पार्ने ? व्यवसायिक जोखिम कलाकारबाटै किन ? भन्ने जस्ता प्रश्न उब्जिएका छन् ।

दयाहाङ राई

दयाहाङको पछिल्ला दुई फिल्मका अनुबन्धबारे रोचक तथ्य छ । ‘मितज्यू’का लागि उनले आठ वर्षपछिको समय दिएका थिए । उक्त अवधि गत वर्ष पूरा भयो र उनी छायाङ्कनमा गए ।

यो फिल्ममा नायक सौगत मल्ल पनि शीर्ष भूमिकामा छन् । फिल्मको व्यापार बिजोग छ । सुरुवाती ९ दिनमा यसले १ करोड २० लाख पनि ग्रस कलेक्सन पु¥याउन सकेन । अहिले हलहरूले शो कटौती गरिसकेका छन् ।

यति व्यस्त नायकलाई अनुबन्ध गरेर पनि बक्स अफिसबाटै फिल्मको व्यापार उठ्न सक्ने अवस्था छैन । अर्का नायक सौगत मल्ल र नायिका तेरिया मगरको पारिश्रमिक बक्स अफिसको सेयरबाटै पाउनसमेत मुस्किल छ ।

अर्को फिल्म ‘मिरमिरे’मा उनले ६० लाखभन्दा पारिश्रमिक लिएको बुझिन्छ । तर, व्यापार ५० लाख पनि भएन । यस फिल्मले त दयाहाङको पारिश्रमिक जति पनि ग्रस कलेक्सन गरेन ।

विपिन कार्की

जीवन्त अभिनय र पात्र निर्माणमा दख्खल राख्ने क्षतमाले विपिन कार्कीको डिमान्ड उच्च छ । निर्माताहरू उनलाई फिल्ममा लिन ४० लाखभन्दा बढी पारिश्रमिक दिन तयार छन् ।

तर, उनका पाँच फिल्म लगातार फ्लप छन् । पछिल्लो समय प्रदर्शनमा आएको ‘काजी’ले सुरुवाती ९ दिनमा ४० लाख ग्रस कलेक्सन गरेको छ । यो फिल्मले बक्स अफिसबाट विपिनका पारिश्रमिक उठाउन असम्भव जस्तै भएको छ । प्रदर्शनरत यो फिल्मको शो संख्या अहिले एकदमै न्यून छ ।

सौगात मल्ल

सौगात बक्स अफिसका लागि अभागी नायक हुन् । उनी एकल शीर्ष भूमिकामा रहेको कुनै पनि फिल्म हिट छैनन् ।
तर, अभिनय क्षमताकै कारण उनले फिल्म भने पाइरहेको छन् ।

पछिल्लो समय सौगातला फिल्मले ५० लाख ग्रस कलेक्सन छुन नसेकेको धेरै भएको थियो । उनको पछिल्लो फिल्म धेरै व्यापार गर्ने फिल्म ‘परालको आगो’ हो । जसको व्यापार चार करोडमाथि छ । जसमा सौगातहित प्रकाश सपुत र नायिका सुहाना थापा जस्ता चर्चित कलाकारको पनि शीर्ष भूमिकामा अभिनय छ ।

अन्य कलाकारहरूको फिल्मको व्यापार कमजोर हुँदा फ्लप भोगिरहेका सौगात भने यो वर्षको सुरुवातमा केही तंग्रिएका छन् ।

समीर भट्ट

नायक विराज भट्टका छोरा समीरलाई दोस्रो फिल्मका लागि ७५ लाख पारिश्रमिकको प्रस्ताव आएको चर्चा उनी निकटबाटै फैलिएको हो ।

दोस्रो फिल्म ‘बलिदान’मा उनले ५० लाख लिएको चर्चा छ । निर्माता सन्तोष सेनले उनीमाथि भर गरेर पाँच करोड लगानी गरी फिल्म बनाए ।

तर, फिल्म फ्लप भयो । पाँच करोडमा बनेको फिल्मको व्यापार त्यही बराबर भयो । फिल्म फ्लप बन्दा निर्माता टाट पल्टिए ।

विधिकहरूको पारिश्रमिक पनि दिन सकेका छैनन् । प्राविधिकहरूले सन्तोषलाई अहिले सामाजिक सञ्जालमा खेदिरहेका छन् ।

सबै फिल्मको व्यापार उस्तै

यो वर्ष प्रदर्शनमा आएका दुई फिल्म ‘लालीबजार’ले मात्रै बक्स अफिसबाट मुनाफा कमाउने देखिन्छ । बाँकीको लगानी जोखिमै परे।

यो वर्षको सबैभन्दा कम ग्रस कलेक्सन गर्ने फिल्म आँचल शर्मा स्टारर ‘एक मुठ्ठी बादल’ हो । यसले बक्स अफिसबाट मात्रै पाँच लाख छ ।

यो फिल्मले कलाकारहरूको पारिश्रमिकभन्दा आधा पनि ग्रस कलेक्सन गर्न सकेन ।

यो वर्ष प्रदर्शनमा आएका अन्य फिल्महरूलाई पनि एक करोड ग्रस कलेक्सन पुर्‍याउन सकस नै देखिन्छ ।

नायक विजय बराल र वर्षा राउत स्टारर फिल्म ‘मातली मंगले’ले ५१ लाख, सुरक्षा पन्त स्टारर ‘लाइफ ड्यामेज’ले ३३ लाख र ‘गुरु आमा’ले ३० लाख ग्रस कलेक्सन गरेको पाइन्छ ।

एक फिल्म बनाउन औषतमा २ करोड लगानी चाहिने निर्माताहरू बताउँछन् । तर, फिल्मको व्यापार ५० लाख कट्नै सकस छ ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ६ : ४३ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौँ– आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको

रविको भारत भ्रमण : कूटनीतिक अग्निपरीक्षा र भू-राजनीति

नेपालको राजनीतिमा जहिले पनि एउटा बहस रहँदै आयो, सिंहदरबारको सत्ता

अण्डाको मूल्य बढ्यो

चितवन– नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

संकटमा नेपाली चलचित्र बजार : कलेक्सनभन्दा स्टारकाे पारिश्रमिक बढी

काठमाडौँ- ०७८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाखभन्दा