बेमौसमी फूलले मूल्य नपाउँदा अर्को बाली लगाउने तयारीमा किसान (तस्बिर) « Khabarhub

बेमौसमी फूलले मूल्य नपाउँदा अर्को बाली लगाउने तयारीमा किसान (तस्बिर)


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत महिनामा रोपिएको सयपत्री फूलबारी निखार्ने तयारीमा जुटेका छन् । धान तथा विभिन्न तरकारी खेतीको सिजन सुरु हुन लागेकाले उनीहरूले फूल खेती समापन गर्दै नयाँ बाली लगाउने तयारी गरेका हुन्।

किसानहरूका अनुसार दशैँ–तिहारको समयमा सयपत्री फूलको माग र मूल्य दुवै उच्च हुने गरे पनि अहिले ‘अफसिजन’मा मूल्य उल्लेख्य रूपमा घटेको छ। पर्वका बेला प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री हुने सयपत्री फूल अहिले प्रतिकिलो ५० रुपैयाँमा बिक्री गर्न बाध्य भएको किसानहरू बताउँछन्।

दुई वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएकी स्थानीय किसान फूलमाया तामाङले सिजनमा व्यापारीहरू बारीमै आएर फूल खरिद गर्ने र राम्रो मूल्य दिने गरे पनि अहिले अवस्था फरक रहेको बताइन्। उनका अनुसार अहिले फूल सिधै गाडीमार्फत काठमाडौँको कालिमाटी बजार पठाउनुपरेको छ।

‘मूल्य पनि घटेको छ, अब फूल खेतीको अन्तिम समय भएकाले बारी निखार्ने बेला भएको छ,’ उनले भनिन्। फूलबारी खाली गरेपछि धान तथा मौसमी तरकारी खेती सुरु गरिने उनले जानकारी दिइन्।

स्थानीय किसान सुन्तली तामाङ र उनका श्रीमान् पनि यतिबेला फूल टिप्न व्यस्त छन्। उनीहरूका अनुसार सयपत्री फूलले सिजनमा राम्रो आम्दानी दिए पनि अफसिजनमा उचित मूल्य नपाउँदा किसानहरू निराश हुने गरेका छन्।

मनसुन सुरु भएसँगै फूल खेतीमा थप चुनौती देखिएको छ। वर्षायाममा फूलमा रोग तथा कालो दाग लाग्ने समस्या बढ्ने भएकाले उत्पादन खेर जाने गरेको किसानहरूको भनाइ छ।

काठमाडौँको सीतापाइला देखि धादिङको धार्के सम्मको सडक सञ्जाल विस्तार भएपछि यस क्षेत्रमा आर्थिक गतिविधि बढ्दै गएको छ। सडक पहुँच सहज बनेसँगै किसानहरूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपज बजारसम्म पुर्‍याउन सहज भएको छ, जसले स्थानीय कृषि व्यवसायलाई थप टेवा पुर्‍याएको छ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ९ : ०९ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र