एसीसी महिला प्रिमियर कप : हङकङले दियो नेपाललाई ११० रनको लक्ष्य « Khabarhub

एसीसी महिला प्रिमियर कप : हङकङले दियो नेपाललाई ११० रनको लक्ष्य


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाल सामू १ सय १० रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुंकु जाफर ओभलमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९ रन बनाएको छ ।

हङकङकी यास्मिन दासवानीले सर्वाधिक ४२ रनको योगदान दिइन् । यस्तै, मारिको हिलले २९, मारिना ल्याम्प्लोले १८ रन जोडिन् । नेपालकी रिया शर्मा र रुविना क्षेत्री बेलबासीले एक–एक विकेट लिए ।

आजको खेलको नतिजाले समूह ‘डी’ को विजेता र उपविजेतको टुंगो लाग्नेछ । यी दुवै टोली लगातार दुई खेल जित्दै क्वारटरफाइलनमा पुगिसकेका छन् ।
यसअघिका खेलमा नेपाल र हङकङले कतार र भुटानलाई हराएका थिए । 

१८ राष्ट्र सहभागि प्रतियोगितामा चारवटा समूह रहेका छन् । प्रिमियर कपको शीर्ष टोली महिला टी–२० एसियाका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  १ : ३३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल