भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा कञ्चनपुर–कमला राजमार्गको स्थलगत निरीक्षण « Khabarhub

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा कञ्चनपुर–कमला राजमार्गको स्थलगत निरीक्षण


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सप्तरी – नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल पूर्व–पश्चिम कञ्चनपुर–कमला राजमार्गको आज स्थलगत निरीक्षण गरेका छन् ।

सप्तरीको कञ्चनरूप नगरपालिका–८ स्थित कञ्चनपुर बेरियर क्षेत्रमा पुगेर उहाँले सडक निर्माणको प्रगति, गुणस्तर तथा कार्यसम्पादनको अवस्थाबारे जानकारी लिएका थिए ।

सिरहा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले चाइनिज रेलवे कम्पनीद्वारा निर्माणाधीन कञ्चनपुर–कमला राजमार्गको निरीक्षण गरे । मन्त्री लम्साल तथा प्रतिनिधिसभा सदस्य गुप्ताले निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै निर्धारित समय सीमाभित्र गुणस्तरीय ढङ्गले आयोजना सम्पन्न गर्न आवश्यक निर्देशनसमेत दिए ।

मन्त्री लम्सालले राष्ट्रिय गौरवका पूर्वाधार आयोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै निर्माण कार्यमा कुनै ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई सचेत गराए । उनले सडकको गुणस्तरमा विशेष ध्यान दिँदै जनताले छिट्टै सुरक्षित र सहज यातायात सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन आग्रह गरे ।

सांसद बब्लु गुप्ताले निर्माण कार्यलाई थप तीव्रता दिनुपर्नेमा जोड दिँदै स्थानीयवासीको अपेक्षाअनुसार समयमै सडक सञ्चालनमा ल्याउन ठेकेदार कम्पनी र सम्बन्धित निकायलाई प्रभावकारी रूपमा काम गर्न आग्रहसमेत गरे ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ८ : ४८ बजे

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

गुल्मी- स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की