भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा कञ्चनपुर–कमला राजमार्गको स्थलगत निरीक्षण « Khabarhub

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा कञ्चनपुर–कमला राजमार्गको स्थलगत निरीक्षण


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सप्तरी – नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल पूर्व–पश्चिम कञ्चनपुर–कमला राजमार्गको आज स्थलगत निरीक्षण गरेका छन् ।

सप्तरीको कञ्चनरूप नगरपालिका–८ स्थित कञ्चनपुर बेरियर क्षेत्रमा पुगेर उहाँले सडक निर्माणको प्रगति, गुणस्तर तथा कार्यसम्पादनको अवस्थाबारे जानकारी लिएका थिए ।

सिरहा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले चाइनिज रेलवे कम्पनीद्वारा निर्माणाधीन कञ्चनपुर–कमला राजमार्गको निरीक्षण गरे । मन्त्री लम्साल तथा प्रतिनिधिसभा सदस्य गुप्ताले निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै निर्धारित समय सीमाभित्र गुणस्तरीय ढङ्गले आयोजना सम्पन्न गर्न आवश्यक निर्देशनसमेत दिए ।

मन्त्री लम्सालले राष्ट्रिय गौरवका पूर्वाधार आयोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै निर्माण कार्यमा कुनै ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई सचेत गराए । उनले सडकको गुणस्तरमा विशेष ध्यान दिँदै जनताले छिट्टै सुरक्षित र सहज यातायात सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन आग्रह गरे ।

सांसद बब्लु गुप्ताले निर्माण कार्यलाई थप तीव्रता दिनुपर्नेमा जोड दिँदै स्थानीयवासीको अपेक्षाअनुसार समयमै सडक सञ्चालनमा ल्याउन ठेकेदार कम्पनी र सम्बन्धित निकायलाई प्रभावकारी रूपमा काम गर्न आग्रहसमेत गरे ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ८ : ४८ बजे

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ