कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ « Khabarhub

कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – ‘जेनजी’ आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरेको छ ।

जबरजस्तीकरणी मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका पोखरा महानगरपालिका–९ का ५४ वर्षीय लक्ष्मण मगराती भनिने कृष्णबहादुर सार्कीलाई पक्राउ गरी शनिबार कारागार कार्यालय बेनी चलान गरिएको हो ।

शुक्रबार राति ९ बजे गलेश्वरमा शङ्कास्पद रूपमा हिँडडूल गरिरहेको अवस्थामा फक्राउ परेका सार्कीलाई एक रात हिरासतमा राखेर प्रक्रिया पूरा गरी बाँकी कैद भुक्तान गराउन कारागार चलान गरिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

‘कास्की जिल्ला अदालतले सात वर्ष कैद फैसला सुनाएका सार्की पोखरास्थित कारागारमा सह–नाइकेको जिम्मेवारीमा रहेको खुलेको छ’, उनले भने, ‘छानबिनका क्रममा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेको पुष्टि भएपछि बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको हो ।’

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ८ : ५९ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल