रास्वपा अधिवेशन : काठमाडाैं जिल्ला सभापतिको मतगणना जारी « Khabarhub

रास्वपा अधिवेशन : काठमाडाैं जिल्ला सभापतिको मतगणना जारी


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा भएको निर्वाचनको मतगणना केहीबेर अघि सुरु भएको हो ।

अबको करिब एक घन्टामा मतगणना सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले राससलाई जानकारी दिए । जिल्ला सभापतिसहित पदाधिकारीका सबै पदमा निर्वाचन भएको छ ।

सभापति पदमा नेता सुरेश सापकोटा र राजु शाक्य प्रतिस्पर्धामा हुनुहुन्छ । प्रथम जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन हुन लागेको हो ।

काठमाडौँ क्षेत्र नं ४ को क्षेत्रीय प्रतिनिधि छनोटका लागि पनि निर्वाचन भएको छ । काठमाडौँका अन्य ९ वटा क्षेत्रका क्षेत्रीय प्रतिनिधि भने सर्वसम्मतरूपमा चयन भएका छन् ।

रास्वपाले शनिबार र आइतबार जिल्ला अधिवेशन तोकेको छ । आज ३८ जिल्लामा अधिवेशन भएको बाँकी २७ जिल्लामा आइतबार अधिवेशन हुनेछ । राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने रास्वपाको तयारी छ ।

यही जेठ २६ गतेदेखि प्रदेश अधिवेशन हुँदैछन् । प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति र जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  १० : ०३ बजे

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ