विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान « Khabarhub

विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग लिन शनिबार टर्कीएबाट मेक्सिको प्रस्थान गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।

टर्कीएको सरकारी टेलिभिजनका अनुसार इरानको राष्ट्रिय फुटबल टोली १५ दिनको अभ्यास अवधिपछि विश्वकपमा भाग लिन मेक्सिकोका लागि आज साँझ उडेको हो ।

इरानको राष्ट्रिय टोली २० घण्टाको उडानपछि तिजुआना पुग्नेछ । इरानको राष्ट्रिय फुटबल टोलीका प्रमुख मेहदी ताजले सोही दिन इरानी प्रतिनिधिमण्डलले भिसाका लागि राहदानी बुझाएको बताएपछि अमेरिकी राजदूत टम बराकले शुक्रबार कुटनीतिक पहलका लागि अङ्कारास्थित अमेरिकी दूतावासको प्रशंसा गर्नुभएको थियो ।

शनिबार इरानी सञ्चारमाध्यम र भर्जेश–३ नामक इरानी स्पोटर््स अनलाइनले ताजसहित प्रतिनिधिमण्डलका सदस्यहरू, कार्यकारी सदस्यहरू र विश्लेषकहरूलाई भिसा नदिइएको बताएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  १० : ३७ बजे

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

गुल्मीमा ३८ जातका कफीको परीक्षण

गुल्मी– कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण

चिलिमेमा उद्धारको आशा जाग्यो, विद्युत् गृह पुग्न १०० मिटर मात्रै बाँकी

काठमाडौं- गत भदौ १० गतेको बाढीले क्षतिग्रस्त रसुवास्थित चिलिमे जलविद्युत्