पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल « Khabarhub

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई गोल गरेपछि नर्वे जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक खेलमा पाँच पटकको विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वेले इतिहासमै पहिलो पटक क्वार्टरफाइनलको यात्रा तय गरेको हो । पराजयसँगै ब्राजिल सन् १९९० पछि पहिलो पटक विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ ।

नर्वेको यो ऐतिहासिक जितमा गोलरक्षक ओर्यान निल्यान्ड नायक बने । उनले पहिलो हाफमा ब्रुनो गुइमारेसको पेनाल्टी प्रहार विफल पार्दै ब्राजिललाई अग्रता लिन दिएनन् । त्यसपछि खेलको अन्तिम ११ मिनेट बाँकी छँदा हालान्डले लगातार दुई गोल गर्दै नर्वेको जित पक्का गरे । खेलको इन्जुरी समयको अन्तिम मिनेटमा नेयमारले पेनाल्टीमार्फत सान्त्वना गोल गरे पनि त्यो ब्राजिलको हार टार्न पर्याप्त भएन ।

दुई गोलसँगै हालान्डले जारी प्रतियोगितामा लियोनेल मेस्सीको समान सात गोल पुर्‍याएका छन् । नर्वेले अब आगामी जुलाई ११ मा मियामीमा हुने क्वार्टरफाइनलमा सह-आयोजक मेक्सिको वा इङ्गल्यान्डमध्ये एकको सामना गर्नेछ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : ५२ बजे

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष