पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल « Khabarhub

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई गोल गरेपछि नर्वे जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक खेलमा पाँच पटकको विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वेले इतिहासमै पहिलो पटक क्वार्टरफाइनलको यात्रा तय गरेको हो । पराजयसँगै ब्राजिल सन् १९९० पछि पहिलो पटक विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ ।

नर्वेको यो ऐतिहासिक जितमा गोलरक्षक ओर्यान निल्यान्ड नायक बने । उनले पहिलो हाफमा ब्रुनो गुइमारेसको पेनाल्टी प्रहार विफल पार्दै ब्राजिललाई अग्रता लिन दिएनन् । त्यसपछि खेलको अन्तिम ११ मिनेट बाँकी छँदा हालान्डले लगातार दुई गोल गर्दै नर्वेको जित पक्का गरे । खेलको इन्जुरी समयको अन्तिम मिनेटमा नेयमारले पेनाल्टीमार्फत सान्त्वना गोल गरे पनि त्यो ब्राजिलको हार टार्न पर्याप्त भएन ।

दुई गोलसँगै हालान्डले जारी प्रतियोगितामा लियोनेल मेस्सीको समान सात गोल पुर्‍याएका छन् । नर्वेले अब आगामी जुलाई ११ मा मियामीमा हुने क्वार्टरफाइनलमा सह-आयोजक मेक्सिको वा इङ्गल्यान्डमध्ये एकको सामना गर्नेछ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : ५२ बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको