आज २०८३ साल असार २२ गते सोमबारको राशिफल « Khabarhub

आज २०८३ साल असार २२ गते सोमबारको राशिफल


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार २२ गते सोमबार सन् २०२६ जुलाई ६ तारिख। असार कृष्ण पक्षको षष्ठी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। तपाईंको काम सहज बन्ने योग छ। यात्रामा सुख प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : दिन राम्रो छ। आफूले गरेको कामले मन प्रशन्न हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। खर्च कम गर्नु उचित हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : शुभ दिन छ। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। आज योजना अनुसार रचनात्मक काम बन्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्ने छ।

कर्कट : मन अशान्त बन्ने छ। अरुसँग विवाद नगर्नु राम्रो हुन्छ। आफूले सोचेका काममा बाधा आइपर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। आफ्नो काममा सन्तुष्टि मिल्नेछ। नयाँ लुगा लगाउन पाइने छ। साथीबाट साथ मिल्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। सोचेको काममा हिम्मत गरेर लगानी गर्नु उचित हुन्छ।

कन्या : आज कम बोल्नु उचित हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारबाट धन बढ्नेछ। आफन्तको सहयोग प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिनको सुरुवातमा गरेका कामले सार्थकता पाउने छ। आफ्नो कामले आफूलाई सुख दिनेछ। दाम्पत्य जीवन सहज बन्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ। साथीको साथ मिल्नेछ ।

वृश्चिक : अनावश्यक यात्रा हुनेछ। स्वास्थ्यको विशेष ध्यान दिनुपर्ने छ। व्यार्थको कार्यमा ऊर्जा, समय र पैसाको खर्च हुनेछ। बिहान उठेर शिवजीलाई सम्झिएमा दिन सहज बन्ने छ।

धनु : व्यापारमा फाइदा हुनेछ। सन्तानबाट खुसी मिल्नेछ। पारिवारिक मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला। सोचेको काम बन्दा मन खुशी हुनेछ । साथीसँग भने जोगिएर काम गर्नु उचित हुन्छ ।

मकर : मानसम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यका उच्च अधिकारीबाट हौसला प्राप्त हुनेछ। आफ्नो परिवारले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्।

कुम्भ : लामो दूरीको यात्रा तय हुनेछ। आफूले गरेको काममा सन्तुष्टि मिल्नेछ। भाग्यले साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ । धार्मिक क्षेत्रको भ्रमण गर्नका लागि दिन उचित रहेको छ।

मीन : मन अशान्त बन्नेछ। आफ्नै काममा असन्तुष्टि बढ्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या बढ्ने छ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ।स्वास्थ्यमा सुधारका लागि खानपानमा ध्यान दिनुपर्ने दिन छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ५ : ०० बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान