तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड « Khabarhub

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक रोमाञ्चक खेलमा १० खेलाडीमा सीमित इङ्गल्यान्डले मेक्सिकोविरुद्ध ३–२ को अग्रता बनाएको छ । ६९औँ मिनेटको खेल जारी रहँदा १० खेलाडीमा सीमित इङ्गल्यान्डले खेलमा आफ्नो बलियो पकड कायम राखेको हो ।

खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रह्यो । खेलको ३६औँ मिनेटमा बुकायो साकाको पासमा जुड बेलिङघमले गोल गर्दै इङ्गल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट नबित्दै (३८औँ मिनेटमा) कप्तान ह्यारी केनको पासलाई सदुपयोग गर्दै बेलिङघमले व्यक्तिगत दोस्रो गोल गरेपछि इङ्गल्यान्ड २–० ले अघि बढ्यो ।

तर, पहिलो हाफ सकिनुअघि मेक्सिकोले खेलमा फर्कने संकेत देखायो । ४२औँ मिनेटमा जे. क्विनोनेसले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

फिफा वर्ल्ड कप

दोस्रो हाफमा इङ्गल्यान्डलाई ठूलो धक्का लाग्यो । खेलको ५४औँ मिनेटमा जे. क्वान्साले रातो कार्ड पाउँदै मैदान छाडेपछि इङ्गल्यान्ड १० खेलाडीमा सीमित हुन पुग्यो । खेलमा मेक्सिको हाबी हुने अनुमान गरिए पनि १० खेलाडीको इङ्गल्यान्डले उत्कृष्ट पुनरागमन गर्‍यो ।

खेलको ६०औँ मिनेटमा इङ्गल्यान्डले पेनाल्टीको अवसर पायो, जसमा कप्तान ह्यारी केनले कुनै गल्ती नगरी गोल गर्दै टोलीको अग्रता ३–१ मा पुर्‍याए ।

रेफ्रीले ६७ मिनेटमा इंग्ल्यान्डका कप्तान केनले फल गरेको भन्दै मेक्सिकोका लागि पेनाल्टी दिए । उक्त पेनाल्टी गोलसँगै खेल ३–२ अन्तरमा चलिरहेको छ । दुई पेनाल्टी र एक रातोकार्डले यो खेल निकै उतारचढावपूर्ण रहँदै आएको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ८ : २१ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी