१० खेलाडीमा सीमित इङ्गल्यान्डको सनसनीपूर्ण जित : क्वाटरफाइनलमा नर्वेसँग प्रतिस्पर्धा गर्ने « Khabarhub

१० खेलाडीमा सीमित इङ्गल्यान्डको सनसनीपूर्ण जित : क्वाटरफाइनलमा नर्वेसँग प्रतिस्पर्धा गर्ने

३–२ गोलले पराजित मेक्सिको विश्वकपबाट बाहिरियो


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को रोमाञ्चक र तनावपूर्ण खेलमा १० खेलाडीमा सीमित इङ्गल्यान्डले मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको खेलको अन्तिम समयसम्म दुवै टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

खेलको पहिलो हाफ इङ्गल्यान्डको पक्षमा रह्यो । ३६औँ मिनेटमा बुकायो साकाको पासमा जुड बेलिङघमले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै (३८औँ मिनेटमा) कप्तान ह्यारी केनको पासमा बेलिङघमले व्यक्तिगत दोस्रो गोल गरेपछि इङ्गल्यान्ड २–० ले अघि बढेको थियो । तर, ४२औँ मिनेटमा मेक्सिकोका जे. क्विनोनेसले गोल गर्दै पहिलो हाफमा खेललाई २–१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ५४औँ मिनेटमा इङ्गल्यान्डका जे. क्वान्साले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडीमा झरे पनि दबाबमा नआएको इङ्गल्यान्डले ६०औँ मिनेटमा पेनाल्टी पायो, जसलाई कप्तान ह्यारी केनले गोलमा परिणत गर्दै खेल ३–१ को स्थितिमा पुर्‍याए ।

खेलको ६९औँ मिनेटमा मेक्सिकोले पनि पेनाल्टीको अवसर पायो । आर. जिमेनेजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–२ को रोमाञ्चक मोडमा ल्याए । खेलको अन्तिम समयतिर मेक्सिकोले बराबरी गर्ने भरमग्दुर प्रयास गरे पनि इङ्गल्यान्डको रक्षापंक्तिले त्यसलाई असफल तुल्याउँदै जित सुनिश्चित गर्‍यो ।

दुई पेनाल्टी र एक रातोकार्डले यो खेल निकै उतारचढावपूर्ण बनेको थियो । अब क्वाटरफाइनलमा इंग्ल्यान्डले नर्वेसँग प्रतिस्पर्धा गर्नेछ । नर्वे गएराति ब्राजिललाई २–१ गोल अन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको हो ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ८ : ५० बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि