नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु « Khabarhub

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार युक्रेनको किएभ क्षेत्रमा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

राजधानी किएभ र आसपासका क्षेत्रमा एक साताभित्र भएको यो दोस्रो ठूलो आक्रमणले युद्ध थप उग्र बन्दै गएको सङ्केत दिएको छ।

किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार आक्रमणका कारण चारवटा आवासीय भवनमा आगलागी भएको छ। बुचा जिल्लामा सात जनाको र राजधानी क्षेत्रमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए।

किएभका मेयर भिटाली क्लिट्स्कोले हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको जनाउँदै सर्वसाधारणलाई सुरक्षित आश्रयस्थलमै बस्न आग्रह गरेका छन् ।

एएफपीका संवाददाताका अनुसार सोमबार बिहान हवाई हमलाको चेतावनी जारी भएपछि राजधानी क्षेत्रमा लगातार १० भन्दा बढी विस्फोटको आवाज सुनिएको थियो। केही समयपछि आकाशमा थप विस्फोट भएको पनि देखिएको थियो।

यसैबीच, टर्कीको अङ्कारामा सुरु हुने नाटो शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच युद्धको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ। त्यसपछि ट्रम्पले शान्ति प्रयासलाई अघि बढाउने उद्देश्यले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि वार्ता गर्ने योजना रहेको ह्वाइट हाउसले जनाएको छ।

युक्रेनले पनि पछिल्ला हप्ताहरूमा रुसभित्रका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको छ। रुसको नियन्त्रणमा रहेको क्रिमियाको सेवास्तोपोल नजिक युक्रेनी आक्रमण भएपछि केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको स्थानीय अधिकारीहरूले बताएका छन्। मस्कोका मेयर सर्गेइ सोब्यानिनका अनुसार राजधानीतर्फ आएका युक्रेनी ड्रोनहरू रुसी हवाई सुरक्षाले खसालेको छ।

युद्धको मैदानमा पनि तनाव कायमै रहेको छ। राष्ट्रपति जेलेन्स्कीले रणनीतिक रूपमा महत्त्वपूर्ण पूर्वी सहर कोस्ट्यान्टिनिभ्काका लागि लडाइँ जारी रहेको बताउँदै उक्त सहर आफ्नो नियन्त्रणमा रहेको भन्ने रुसको दाबी अस्वीकार गरेका छन्। उनले नाटो शिखर सम्मेलनअघि मस्कोले थप ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनीसमेत दिए।

यसअघि शनिबार अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति ट्रम्पले पुटिन र जेलेन्स्कीसँग छुट्टाछुट्टै टेलिफोन संवाद गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  १२ : ३३ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२