संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ? « Khabarhub

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी दुर्घटनापछि उद्धारमा भएको ढिलाइ र राज्यको भूमिकामाथि संसद्‍मा प्रश्न उठाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले कर्णाली नदीमा गाडी खस्दा यात्रुहरू उद्धारको पर्खाइमा रहे पनि प्रभावकारी सरकारी संयन्त्र नपुगेको आरोप लगाए। उनले घटनाका बेला आकाशमा हेलिकप्टर उडिरहेको भए पनि त्यो उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि प्रयोग भएको दाबी गरे।

शाहीले ‘कर्णालीका नागरिकको ज्यानको मूल्य आखिर कति हो?’ भन्दै सरकारसँग घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न र दोषीमाथि कारबाही गर्न माग गरे। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी विपद् उद्धार व्यवस्था गर्न सभामुखमार्फत सरकारलाई रुलिङ गर्न आग्रह गरे।

उनको ध्यानाकर्षणपछि सभामुख डोलप्रसाद अर्यालले विषयमा अध्ययन गर्ने बताएका छन्।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  १ : १९ बजे

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका