सरकारलाई कांग्रेसले भन्यो- प्रधानमन्त्री मात्रै नभई सिङ्गो देश नै दुर्घटनामा पर्ला ! « Khabarhub

सरकारलाई कांग्रेसले भन्यो- प्रधानमन्त्री मात्रै नभई सिङ्गो देश नै दुर्घटनामा पर्ला !


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री मात्रै नभई सिङ्गो देश दुर्घटनामा पर्नेतर्फ ख्याल गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता आङ्देम्बेले संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य हुन नसक्ने बताएका छन् ।

आङ्देम्बेले सरकारले संविधान संशोधनको लागि बनाएका कार्यदल अपरिपक्व भएको टिप्पणी गरे । आङदेम्बेले सरकारको सय दिनमा सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र केही संरचनागत सुधारका विषयमा सक्रिय देखिएको र केही सकारात्मक काम भएको बताए ।

नेपालको संविधानले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाए पनि प्रधानमन्त्रीले सांसदलाई अवमूल्यन गरेको उनले बताए । उनले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठाने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ ? भन्दै प्रश्न गरे ।

आङदेम्बेले सामाजिक सञ्जालमा भाइरल हुन सजिलो भएपनि देशको प्रधानमन्त्रीका रुपमा गहन र गम्भीर भएर कार्य गर्न गाह्रो भएकाले भाइरल हुने बाटो त्यागेर प्रधानमन्त्रीका रुपमा मुलुकलाई सही ढङ्गले ड्राइभ गर्न सुझाव दिए ।

त्यस्तै आङदेम्बेले सम्पत्ति छानबिन गर्दा चयनात्मक सिद्धान्त प्रयोग नगर्न र सम्पत्ति छानबिन अभियान विश्वासिलो ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । उनले वर्तमान प्रधानमन्त्रीबाटै सम्पत्ति छानबिन सुरु गर्न आग्रह गर्दै सरकारको अभियानमा आफूहरू साथ दिन तयार रहेको धारणा राखे ।

सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधारको सूची र ती सूचीहरूको कार्यान्वयनको स्थिति हेर्दा हात्तीको देखाउने दाँत मात्र रहेछ भन्ने पुष्टि भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  २ : ५२ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा