सरकारलाई कांग्रेसले भन्यो- प्रधानमन्त्री मात्रै नभई सिङ्गो देश नै दुर्घटनामा पर्ला ! « Khabarhub

सरकारलाई कांग्रेसले भन्यो- प्रधानमन्त्री मात्रै नभई सिङ्गो देश नै दुर्घटनामा पर्ला !


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री मात्रै नभई सिङ्गो देश दुर्घटनामा पर्नेतर्फ ख्याल गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता आङ्देम्बेले संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य हुन नसक्ने बताएका छन् ।

आङ्देम्बेले सरकारले संविधान संशोधनको लागि बनाएका कार्यदल अपरिपक्व भएको टिप्पणी गरे । आङदेम्बेले सरकारको सय दिनमा सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र केही संरचनागत सुधारका विषयमा सक्रिय देखिएको र केही सकारात्मक काम भएको बताए ।

नेपालको संविधानले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाए पनि प्रधानमन्त्रीले सांसदलाई अवमूल्यन गरेको उनले बताए । उनले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठाने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ ? भन्दै प्रश्न गरे ।

आङदेम्बेले सामाजिक सञ्जालमा भाइरल हुन सजिलो भएपनि देशको प्रधानमन्त्रीका रुपमा गहन र गम्भीर भएर कार्य गर्न गाह्रो भएकाले भाइरल हुने बाटो त्यागेर प्रधानमन्त्रीका रुपमा मुलुकलाई सही ढङ्गले ड्राइभ गर्न सुझाव दिए ।

त्यस्तै आङदेम्बेले सम्पत्ति छानबिन गर्दा चयनात्मक सिद्धान्त प्रयोग नगर्न र सम्पत्ति छानबिन अभियान विश्वासिलो ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । उनले वर्तमान प्रधानमन्त्रीबाटै सम्पत्ति छानबिन सुरु गर्न आग्रह गर्दै सरकारको अभियानमा आफूहरू साथ दिन तयार रहेको धारणा राखे ।

सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधारको सूची र ती सूचीहरूको कार्यान्वयनको स्थिति हेर्दा हात्तीको देखाउने दाँत मात्र रहेछ भन्ने पुष्टि भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  २ : ५२ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट