सुडान युद्ध : छ महिनामै ड्रोन आक्रमणमा ३०० भन्दा बढी बालबालिकाको मृत्यु « Khabarhub

सुडान युद्ध : छ महिनामै ड्रोन आक्रमणमा ३०० भन्दा बढी बालबालिकाको मृत्यु


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कायरो- सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामा ३०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ। तीमध्ये अधिकांशको ज्यान ड्रोन आक्रमणमा गएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले सोमबार जनाएको छ। युद्ध थप तीव्र बन्दै जाँदा बालबालिका हिंसा, विस्थापन र मानवीय सङ्कटको सबैभन्दा ठूलो मारमा परिरहेका छन्।

सन् २०२३ को अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच जारी द्वन्द्व अहिले मुख्यतः कोर्डोफान, डार्फर र ब्लू नाइल राज्यमा केन्द्रित छ। युनिसेफका अनुसार पछिल्ला महिनामा ड्रोन आक्रमण तीव्र रूपमा बढेको छ। हाल भएका कुल हताहतमध्ये करिब ६० प्रतिशत घटना ड्रोन आक्रमणसँग सम्बन्धित छन्।

रणनीतिक रूपमा महत्त्वपूर्ण उत्तर कोर्डोफानको एल–ओबिड सहरको नियन्त्रणका लागि सेना र आरएसएफबीच चर्किएको लडाइँका क्रममा सम्भावित युद्ध अपराध र मानवअधिकार उल्लङ्घनबारे संयुक्त राष्ट्रसङ्घ, अमेरिका, बेलायतलगायत अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

युद्धका कारण हालसम्म कम्तीमा ५९ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब एक करोड ३० लाख नागरिक विस्थापित भएका छन्। द्वन्द्वका कारण सुडानका धेरै क्षेत्र अनिकालतर्फ धकेलिएका छन् र तीन करोडभन्दा बढी मानिस मानवीय सहायताको भरमा बाँच्न बाध्य छन्।

ड्रोन आक्रमण र गोलाबारीका क्रममा विद्यालय, बजार, इन्धन भण्डारण केन्द्र तथा खानेपानीका संरचनासमेत निशाना बनाइएका छन्। यसबाट पाँच लाखभन्दा बढी नागरिक प्रत्यक्ष जोखिममा परेका छन्। धेरै क्षेत्रमा सर्वसाधारणले एक वर्षभन्दा बढी समयदेखि घेराबन्दीजस्तै कठिन अवस्था भोगिरहेका छन्।

सुडानका लागि युनिसेफका प्रतिनिधि शेल्डन येटले बालबालिका हिंसा, विस्थापन र अभावको अन्तहीन चक्रमा फसेको बताउँदै उनीहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे। संयुक्त राष्ट्रसङ्घले पनि द्वन्द्वरत पक्षहरूलाई नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न, मानवीय सहायता निर्बाध रूपमा पुग्ने वातावरण बनाउन र बालबालिकालाई थप क्षतिबाट जोगाउन सबै सम्भव उपाय अपनाउन आह्वान गरेको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  २ : ३७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट