संशोधनका नाममा संघीयता, लोकतन्त्र र संविधानको मूल संरचनामाथि हुने छेडखानी अस्वीकार्य : आङ्देम्बे « Khabarhub

संशोधनका नाममा संघीयता, लोकतन्त्र र संविधानको मूल संरचनामाथि हुने छेडखानी अस्वीकार्य : आङ्देम्बे


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधनका नाममा संघीयता, लोकतान्त्रिक मूल्य र संविधानको मूल संरचनामाथि हुने छेडखानी कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता आङ्देम्बेले संविधान अपरिवर्तनीय धर्मशास्त्र नभए पनि संशोधनका नाममा संघीयता, लोकतान्त्रिक मूल्य र संविधानको मूल संरचनामाथि हुने छेडखानी अस्वीकार्य रहेको बताएका हुन् ।

संविधान निर्माण र कार्यान्वयनको नेतृत्व कांग्रेसले नै गरेकाले यसको अभिभावकत्व आफूहरूले लिने बताउँदै उनले अपरिपक्व व्यक्तिहरू सम्मिलित आयोग बनाएर संविधान संशोधनको विषयलाई हलुका नबनाउन सरकारलाई सचेत गराए । सत्तारुढ रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेश सभा खारेजीको प्रस्ताव पारित गरेको तर्फ संकेत गर्दै उनले प्रधानमन्त्रीले चुनावअघि जनकपुरमा बोलेका संघीयता सबलीकरणका कुरा चितवन पुग्दा भुलेको भन्दै व्यंग्य गरे ।

सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको कार्यशैली र संसदीय उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाए । सत्ताको धुरीमा पुगेपछि प्रधानमन्त्रीले आफूलाई पुर्‍याउने संसद् र संसदीय लोकतन्त्रलाई नै अवमूल्यन गरेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा भाइरल हुन सजिलो बाटो रोजेको भन्दै आलोचना गरे । लोकप्रिय हुनु र उत्तरदायी हुनु फरक कुरा भएको स्मरण गराउँदै उनले सामाजिक सञ्जालको भाइरल बाटो त्यागेर मुलुकलाई सही ढंगले डोर्‍याउन प्रधानमन्त्रीलाई आग्रह गरे । सरकारको पछिल्लो कार्यशैलीमा संवादभन्दा दूरी, सहकार्यभन्दा टकराव र एकल निर्णय हाबी भएको भन्दै उनले ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाको उपस्थितिलाई बहुमत मान्ने अभ्यास संविधान र लोकतन्त्रको मर्मविपरीत भएको बताए ।

भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनको विषयमा बोल्दै नेता आङ्देम्बेले प्रधानमन्त्रीको सम्पत्ति विवरणमा देखिएको झण्डै दुई सय तोला सुन र करोडौँ बैंक मौज्दातको वैधानिक स्रोतबारे संसद्मा प्रश्न उठाए। उनले सम्पत्ति छानबिनमा सत्तारुढ दल रास्वपाले बाचा गरेअनुसारको कानुन नबनाई चयनात्मक पद्धति अपनाउन खोजेको आरोप लगाए । भ्रष्टाचारविरुद्धको अभियानलाई विश्वसनीय बनाउन आफू र प्रधानमन्त्री बालेन्द्र शाह तथा पूर्वप्रधानमन्त्री र उच्च पदस्थहरूबाटै सम्पत्ति छानबिनको सुरुवात गर्न उहाँले चुनौती दिए ।

यसैगरी, नेता आङ्देम्बेले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई वर्षायामको मुखमा कुनै वैकल्पिक व्यवस्थाविना बलपूर्वक विस्थापित गरिएको घटनाप्रति तीव्र असन्तोष व्यक्त गरे । सरकारले मानवीय संवेदना गुमाएको भन्दै उनले गरिब र शक्तिहीन नागरिकमाथि सत्ताको तुजुक नदेखाउन आग्रह गरे । साथै, सरकारको आलोचना गर्ने सुकुम्बासी डम्बर तामाङलाई पक्राउ गरिएकोमा आपत्ति जनाउँदै उनले तत्काल रिहाइको माग गरे । यस्तै उनले मन्त्री र सांसदहरूले कानुनविपरीत तथा हिंसाप्रेरित अभिव्यक्ति दिँदा पनि सरकार मौन रहेकोमा आलोचना गरे ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  २ : ४७ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२