दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग « Khabarhub

दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि कर्णाली राजमार्गको जोखिम न्यूनीकरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधुकुमार चौलागाईंले दुग्ध विकास समितिमा भएको अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न र  किसानलाई  समयमा भुक्तानी दिन माग गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजेन्द्रकुमार राईले धनकुटामा सात हजार किसानले दूधको भुक्तानी नपाएको गुनासो गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टीका बसुमाया तामाङले बजारमा पूरा ग्यास सिलिण्डर नपाउँदा उपभोक्ता ठगीमा परेकाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विदुषी राणाले कर्णाली प्रदेशका दुर्गम स्थानलाई प्राथमिकता राखी सञ्चार सुविधा सहज बनाउन आग्रह गरिन् ।

नेकपाका महेन्द्रबहादुर शाहीले कर्णाली राजमार्गको उच्च जोखिम क्षेत्रलाई ध्यानमा दिएर दुर्घटना न्यूनीकरणका लागि लाग्न आग्रह गरे ।

नेकपाकै बलावती शर्माले बाँदरलगायत वन्यजन्तुले घरभित्रै पसेर खाद्यान्न खाइदिने र किसानको उब्जनीमा पारेको असरबारे गम्भीर हुन आग्रह गरिन् ।

रास्वपाकै विना गुरुङले घान्द्रुकलाई अन्तरराष्ट्रिय पर्यटकीय स्थलमा रूपमा विकास गर्न आग्रह गरिन् ।

रास्वपाका बुद्धरत्न महर्जनले ललितपुरको बागमती गाउँपालिकामा पहिरो र सडक असुविधाका कारण आवागमनमा हरेक वर्ष समस्या हुँदै आएको जानकारी गराए। 

रास्वपाका भरतप्रसाद पराजुलीले भूमिहीनलाई चाँडो लालपुर्जा दिन माग गरे ।

नेपाली कांग्रेसका भरतबहादुर खड्काले जाजरकोट भूकम्पपीडितको हालसम्म घर नबनेको विषयमा ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका मनमाया विकले दलित समुदायमाथि भइरहेको हिंसा र विभेद अन्त्यका लागि सरकार गम्भीर हुनुपर्ने बताइन् ।

रास्वपाका माधवबहादुर थापाले सरकारी अस्पतालमा मेडिकल सामग्रीका कारण उपचारमा समस्या भएको उल्लेख गरे । 

नेपाली कांग्रेसका मोहन आचार्यले रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनाले प्रभावित समुदायलाई दिनुपर्ने सुविधा नदिएको गुनासो गरे ।

रास्वपाका रञ्जु न्यौपाने काठमाडौँ निर्वाचन क्षेत्र १ नं मा वर्षाले डुबान हुने गरेको विषयमा ध्यानाकर्षण गरिन् ।

रास्वपाका राजकिशोर महतो कोइरीले क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव हुँदा हजारौँ नागरिक प्रभावित भएको बताए । 

एमालेकै रिँगला यादवले सुस्तावासी जनताले नेपाली भूमिको रक्षार्थ खेलेको भूमिकाबारे सरकार बेखबर हुन नहुने धारणा राखिन् ।

बैठकको सोही समयमा सांसदहरू रमेश प्रसाईँ, मोहनलाल आचार्य, डा फिरदोश आलम, रीना उप्रेती (केसी), रुक्मिणीदेवी कोइराला, रुविना आचार्य, रेनुका काउँचा, भूमिका श्रेष्ठ, मनिष खनाल, रास्वपाका राजन गौतमलगायतले स्थानीय तथा राष्ट्रिय समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए ।  
 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : १३ बजे

तनहुँका दुई स्थानीय तहको बजेट पारित

दमौली– बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३-८४

‘पुराना पुस्ताको ज्ञान र अनुभव नयाँमा हस्तान्तरण गर्दै मुलुकको विकासमा एकीकृत हुनुपर्छ’

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना पुस्ताको ज्ञान र अनुभव

विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

काठमाडौं– विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै

स्वास्थ्य मन्त्रालयले ल्यायो अस्पताल र कर्मचारीका लागि नयाँ आचारसंहिता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको

सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै

काठमाडौं– सरकारले सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण