विपद्का घटनामा परी वैशाखयता १ सय ३६ जनाको मृत्यु, ६ सय बढी घाइते  « Khabarhub

विपद्का घटनामा परी वैशाखयता १ सय ३६ जनाको मृत्यु, ६ सय बढी घाइते 


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैशाख १ गतेदेखि असार २२ गतेसम्म देशभर भएका विभिन्न विपद्का घटनामा परी १ सय ३६ जनाको मृत्यु भएको छ । ६ सय ३५ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ३ हजार ६ सय २३ परिवार प्रभावित भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा धेरै सर्पदंशबाट २८ जनाको मृत्यु भएको छ भने ४ सय ४ जना घाइते भएका छन् । 

त्यस्तै चट्याङ लागेर २१, लेक लागेर २१, आगलागीबाट १७, जनावरको आक्रमणबाट १६, हावाहुरीबाट १३, बाढी र पहिरोमा परी १४ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै भारी वर्षा, हिम पहिरो, वन डढेलो लगायतका अन्य विपद्का घटनामा परी थप ७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार उक्त अवधिमा देशभर कुल ३ हजार २ सय ५१ वटा विपद्का घटना भएका छन् । प्राधिकरणले मनसुन सक्रिय रहेको अवस्थामा मौसमसम्बन्धी पूर्वसूचना पालना गर्न, जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा विपद् सुरक्षा सम्बन्धी सरकारी निर्देशनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : ५७ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३