विपद्का घटनामा परी वैशाखयता १ सय ३६ जनाको मृत्यु, ६ सय बढी घाइते  « Khabarhub

विपद्का घटनामा परी वैशाखयता १ सय ३६ जनाको मृत्यु, ६ सय बढी घाइते 


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैशाख १ गतेदेखि असार २२ गतेसम्म देशभर भएका विभिन्न विपद्का घटनामा परी १ सय ३६ जनाको मृत्यु भएको छ । ६ सय ३५ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ३ हजार ६ सय २३ परिवार प्रभावित भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा धेरै सर्पदंशबाट २८ जनाको मृत्यु भएको छ भने ४ सय ४ जना घाइते भएका छन् । 

त्यस्तै चट्याङ लागेर २१, लेक लागेर २१, आगलागीबाट १७, जनावरको आक्रमणबाट १६, हावाहुरीबाट १३, बाढी र पहिरोमा परी १४ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै भारी वर्षा, हिम पहिरो, वन डढेलो लगायतका अन्य विपद्का घटनामा परी थप ७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार उक्त अवधिमा देशभर कुल ३ हजार २ सय ५१ वटा विपद्का घटना भएका छन् । प्राधिकरणले मनसुन सक्रिय रहेको अवस्थामा मौसमसम्बन्धी पूर्वसूचना पालना गर्न, जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा विपद् सुरक्षा सम्बन्धी सरकारी निर्देशनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : ५७ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा