‘पुराना पुस्ताको ज्ञान र अनुभव नयाँमा हस्तान्तरण गर्दै मुलुकको विकासमा एकीकृत हुनुपर्छ’ « Khabarhub

‘पुराना पुस्ताको ज्ञान र अनुभव नयाँमा हस्तान्तरण गर्दै मुलुकको विकासमा एकीकृत हुनुपर्छ’


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना पुस्ताको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्दै मुलुकको विकासमा एकीकृत हुनुपर्ने बताएका छन् । 

पूर्वराज्यमन्त्री एवं उद्योगपति हरि प्रसाद पाण्डेद्वारा लिखित पुस्तकको सोमबार काठमाडौंमा विमोचन गर्दै भट्टराईले नयाँ पुस्तासँग आधुनिक ज्ञान, प्रविधि, सिप र नयाँ अनुभव भएकाले पुराना पुस्ताको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्दै मुलुकको विकासमा एकीकृत हुनुपर्ने बताएका हुन् ।

उनले राजनीतिक अधिकार प्राप्त भइसकेपछि अबको लक्ष्य सम्पूर्ण जनताको सहभागितामा मानवीय र प्राकृतिक साधन र स्रोतको अधिकतम प्रयोग गरी देशको विकास गर्नु नै भएको उल्लेख गरे ।

नेपाल कृषिप्रधान अर्थतन्त्रबाट औद्योगिक र सेवा प्रदायक अर्थतन्त्रमा जोडिन खोज्न लागेको भन्दै भट्टराईले यसलाई सफल बनाउन केही दशकसम्म राजनीतिक स्थिरता, सुशासन र स्पष्ट योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले राजनीतिक अधिकारको लडाइँ र विद्रोहका लागि बनेका पुराना विचार र सङ्गठनहरू आजको विकास, समृद्धि र सुशासनको युगमा जस्ताको तस्तै काम लाग्न नसक्ने भएकाले नयाँ विचार र सोचसहितको नयाँ पुस्तालाई अगाडि बढाउन आवश्यक रहेको तर्क गरे । 

उनले नयाँ दल रास्वपाले आफ्नो बाचा पत्रमा उठाएका देश विकासका कुराहरूलाई राष्ट्रिय नीति बनाउनुपर्ने र यसमा कांग्रेस, एमाले, माओवादी लगायतका सबै दलले सहयोग गर्नुपर्ने बिचार व्यक्त गरे  । 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : २३ बजे

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका