‘पुराना पुस्ताको ज्ञान र अनुभव नयाँमा हस्तान्तरण गर्दै मुलुकको विकासमा एकीकृत हुनुपर्छ’ « Khabarhub

‘पुराना पुस्ताको ज्ञान र अनुभव नयाँमा हस्तान्तरण गर्दै मुलुकको विकासमा एकीकृत हुनुपर्छ’


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना पुस्ताको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्दै मुलुकको विकासमा एकीकृत हुनुपर्ने बताएका छन् । 

पूर्वराज्यमन्त्री एवं उद्योगपति हरि प्रसाद पाण्डेद्वारा लिखित पुस्तकको सोमबार काठमाडौंमा विमोचन गर्दै भट्टराईले नयाँ पुस्तासँग आधुनिक ज्ञान, प्रविधि, सिप र नयाँ अनुभव भएकाले पुराना पुस्ताको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्दै मुलुकको विकासमा एकीकृत हुनुपर्ने बताएका हुन् ।

उनले राजनीतिक अधिकार प्राप्त भइसकेपछि अबको लक्ष्य सम्पूर्ण जनताको सहभागितामा मानवीय र प्राकृतिक साधन र स्रोतको अधिकतम प्रयोग गरी देशको विकास गर्नु नै भएको उल्लेख गरे ।

नेपाल कृषिप्रधान अर्थतन्त्रबाट औद्योगिक र सेवा प्रदायक अर्थतन्त्रमा जोडिन खोज्न लागेको भन्दै भट्टराईले यसलाई सफल बनाउन केही दशकसम्म राजनीतिक स्थिरता, सुशासन र स्पष्ट योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले राजनीतिक अधिकारको लडाइँ र विद्रोहका लागि बनेका पुराना विचार र सङ्गठनहरू आजको विकास, समृद्धि र सुशासनको युगमा जस्ताको तस्तै काम लाग्न नसक्ने भएकाले नयाँ विचार र सोचसहितको नयाँ पुस्तालाई अगाडि बढाउन आवश्यक रहेको तर्क गरे । 

उनले नयाँ दल रास्वपाले आफ्नो बाचा पत्रमा उठाएका देश विकासका कुराहरूलाई राष्ट्रिय नीति बनाउनुपर्ने र यसमा कांग्रेस, एमाले, माओवादी लगायतका सबै दलले सहयोग गर्नुपर्ने बिचार व्यक्त गरे  । 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : २३ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३