कांग्रेस इतरको ठहर- पार्टीलाई फुटबाट जोगाउन संस्थापन बाधक « Khabarhub

कांग्रेस इतरको ठहर- पार्टीलाई फुटबाट जोगाउन संस्थापन बाधक


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्दै औपचारिक कार्य प्रारम्भ गरेको छ । 

सोमबार काठमाडौँको चुनदेवीमा पार्टीका संस्थापन इतर नेताहरूले १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्दै औपचारिक कार्य प्रारम्भ गरेका हुन् ।

कार्यालय उद्घाटनसँगै १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बसेको र समसामयिक राजनीतिक विषय र महाधिवेशनका एजेन्डाहरूमाथि छलफल भएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ’विशेष महाधिवेशन’ र ’नियमित महाधिवेशन’ का विषयमा विगतदेखि देखिएको विवाद र हालसम्मका गतिविधिहरूबारे स्पष्ट पारेको उनले बताए । 

पार्टीलाई विभाजन हुनबाट जोगाउन शीर्ष नेताहरू, पूर्व पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूले लगातार ५ महिनादेखि प्रयत्न गरे पनि संस्थापन पक्षका कारण ठोस परिणाम आउन नसकेको संस्थापन इतर समूहको निष्कर्ष छ । 

नेता विश्वकर्माले पार्टीको नेतृत्वमा रहेकाहरूबाट पार्टी एकताका लागि कुनै पनि सार्थक पहल हुन नसकेको र उनीहरूका कतिपय अभिव्यक्तिले एकतामा थप खलल पुर्‍याएको उल्लेख गरे । 

उनले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक मंगलबार बस्ने र १५औँ महाधिवेशनको कार्यतालिका बनाउने जानकारी दिए । 

त्यस्तै आगामी साउन ६ गते बीपी स्मृति दिवस मनाउनका लागि समेत मंगलबारको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए । 

१५औँ महाधिवेशनलाई ’एकताको महाधिवेशन’ का रूपमा सफल बनाउनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको विश्वकर्माले जानकारी दिए  । 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : ५२ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि