मुम्बईमा भारी वर्षा, भवन भत्किँदा छ जनाको मृत्यु « Khabarhub

मुम्बईमा भारी वर्षा, भवन भत्किँदा छ जनाको मृत्यु


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबीच एउटा जीर्ण आवासीय भवन भत्किँदा पाँच बालबालिकासहित छ जनाको मृत्यु भएको छ । लगातारको वर्षाले सडक जलमग्न बनेपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले सोमबार जनाएका छन् ।

मुम्बईकी मेयर ऋतु तावडेका अनुसार आइतबार सहरको पूर्वी भागमा रहेको उक्त भवन भत्किँदा त्यहाँका बासिन्दा भग्नावशेषमा पुरिएका थिए । उद्धार टोलीले घटनास्थलबाट शवहरू निकालेको बताइएको छ ।

भारत मौसम विज्ञान विभागले २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरेको जनाउँदै मुम्बईका लागि ‘रेड अलर्ट’ जारी गरेको छ । निरन्तर वर्षा र तीव्र हावाको सम्भावनासँगै विद्यालय तथा कलेजहरू बन्द गरिएको छ ।

अधिकारीहरूले वर्षाका कारण रूख तथा संरचना ढल्ने जोखिम रहेकाले सर्वसाधारणलाई सतर्क रहन र आवश्यक नभएसम्म घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

मुम्बईमा हप्ता दिनदेखिको प्रचण्ड गर्मीपछि मुसलधारे वर्षा परेको हो । यसअघि गत महिना अधिकारीहरूले पानीको अभावका कारण पानीको प्रयोगमा प्रतिबन्ध लगाएका थिए भने स्विमिङ पुल र निर्माण स्थलहरूमा पानी आपूर्ति कटौती गरिएको थियो ।

दुई करोडभन्दा बढी जनसङ्ख्या रहेको यो सहरमा डेटा–सेन्टर पूर्वाधार विस्तारसँगै पानीका स्रोतहरूमा थप दबाब पर्ने चिन्ता व्यक्त गरिएको छ । ती केन्द्रहरूलाई शीतलनका लागि ठूलो मात्रामा पानी आवश्यक पर्ने भएकाले आपूर्ति व्यवस्थामा थप तनाव सिर्जना हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : ४० बजे

तत्काल बजार भाउ घटाउन मन्त्री यादवको कडा निर्देशन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न

प्रतिनिधिसभामा बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल

काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकमा ‘बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ र

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

ढाका- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद

५४ वर्षसम्म पनि स्तरोन्नति नहुँदा डुम्रे–बेँसीसहर सडकमा कष्टकर यात्रा

लमजुङ- डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष