औद्योगिक उत्पादन सूचकांकमा सामान्य सुधार, चिनी र वनस्पति तेलको मुख्य योगदान « Khabarhub

औद्योगिक उत्पादन सूचकांकमा सामान्य सुधार, चिनी र वनस्पति तेलको मुख्य योगदान


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालको औद्योगिक उत्पादन सूचकांक १३२.० पुगेको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकको प्रारम्भिक प्रतिवेदन अनुसार यो सूचकांक अघिल्लो त्रैमासिकको तुलनामा १.९८ प्रतिशतको सुधार भए तापनि गत वर्षको सोही अवधिको तुलनामा भने ०.३२ प्रतिशतको संकुचन हो ।

प्रतिवेदनअनुसार यस त्रैमासिकमा औद्योगिक उत्पादन बढाउन चिनी तथा खाद्य वस्तु र वनस्पति तेल उद्योगले महत्त्वपूर्ण भूमिका खेलेका छन् । तराईमा उखु क्रसिङको मुख्य सिजन भएकाले चिनी उत्पादनमा अघिल्लो त्रैमासिकको तुलनामा २२.४८ प्रतिशतको उच्च वृद्धि देखिएको छ । 

प्रतिवेदनका अनुसार समग्र औद्योगिक वृद्धिमा चिनी उद्योगको मात्रै करिब ७० प्रतिशत योगदान रहेको छ । त्यस्तै, वनस्पति घ्यू तथा तेल उत्पादनमा ५.८० प्रतिशतको वृद्धि भएको छ, जसको मुख्य कारण कच्चा पदार्थको सहज आयात र निर्यातमा भएको वृद्धि हो ।

औद्योगिक क्षेत्रमा सबैभन्दा बढी १८.२४ प्रतिशत भार रहेको आधारभूत फलाम तथा स्टील उद्योगको उत्पादनमा ०.५२ प्रतिशतले गिरावट आएको छ ।

सरकारी पुँजीगत खर्चमा भएको ढिलाइ र निर्माण क्षेत्रमा आएको सुस्तताका कारण डन्डी तथा स्टीलजन्य उत्पादनको माग घटेको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, निर्माण क्षेत्रकै अर्को महत्त्वपूर्ण खम्बा मानिने सिमेन्ट उद्योगको उत्पादन अघिल्लो त्रैमासिकको तुलनामा सामान्य बढे पनि वार्षिक रूपमा भने ०.९१ प्रतिशतले घटेको छ ।

औषधि उत्पादनमा उत्साह, सुर्ती र पेय पदार्थमा संकट

प्रतिवेदनले नेपालको औषधि उत्पादन क्षेत्रमा भने ७.७१ प्रतिशतको उत्साहजनक वार्षिक वृद्धि देखिएको छ । जसलाई सरकारको आयात प्रतिस्थापन नीतिको सकारात्मक प्रभाव मानिएको छ । 

तर, अर्कोतर्फ पेय पदार्थ, सुर्तीजन्य वस्तु, र विद्युतीय उपकरणको उत्पादनमा भने ठूलो गिरावट आएको छ । विशेषगरी सुर्तीजन्य वस्तुमा ९.६७ प्रतिशत र पेय पदार्थमा ४.८३ प्रतिशतको वार्षिक संकुचन देखिएको छ ।

उत्पादन लागत बढ्नुमा इन्धनको मूल्य वृद्धिलाई मुख्य कारण मानिएको छ । फागुनको अन्त्यतिर पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँबाट बढेर १८४ रुपैयाँ पुग्दा इन्धनमा १७.९ प्रतिशतको मूल्य वृद्धि भएको थियो । 

यसले गर्दा ऊर्जा बढी खपत हुने उद्योगहरूको उत्पादन र ढुवानी लागत बढ्न गई मुनाफामा असर परेको प्रतिवेदनले औँल्याएको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ५ : ३७ बजे

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको