जबरजस्त हालान्ड, डीएनएमै फुटबल ! « Khabarhub

जबरजस्त हालान्ड, डीएनएमै फुटबल !


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एर्लिङ हालान्ड क्लब फुटबलको महँगो र चर्चित नाम नै थियो, अब उनको कीर्ति फैलिएर विश्व फुटबलमा पुगेको छ । जारी फिफा विश्वकपमा उनको जबरजस्त डेब्यू भएको छ । उनले साविक विजेता अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सी र विश्वकपका कम खेलमा बढी गोल गर्ने फ्रान्सका केलिएन एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट नर्वे लैजाने दौडमा छन् ।

उनले मेस्सी र एम्बाप्पसँग बराबरी सात गोल गरेका छन् । डेब्यूमै विश्वकपमा हेभिवेटलाई चुनौती दिनु उनको करिअरको अर्को महत्त्वपूर्ण उपलब्धि हो । हालान्डको आगमनअघि नर्वे विश्वकप मैदानबाट टाढै थियो ।

घातक स्ट्राइकर हालान्डले नर्वेजियन टोलीलाई २८ वर्षपछि विश्वकपमा सहभागी गराए । उनको उच्च गोल संख्याको प्रभावले टोली क्वाटरफाइनमा प्रवेश गरेको छ, त्यो पनि फुटलबको महाशक्ति राष्ट्र ब्राजिलाई नकआउट गरेर ।

यसअघि नर्वेले कहिल्यै विश्वकपको नकआउट चरणमा जितेको थिएन । हालान्डले टोलीलाई विश्वकपमा नयाँ मुकमको अनुभव दिलाए । जारी विश्वकपमा नर्वेले सामना गरेको हेभिवेट टोली ब्राजिल हो । तर, यस खेलमा उनले २ गोल गरे ।

ब्राजिलसँगको जितपछि हालान्डले भने, ‘ब्राजिलविरुद्ध नर्वेको यो ठूलो जित हो । फुटबलमा नर्वेको सबैभन्दा ठूलो विजय हो ।’

बाल्यकाल

हालान्ड खेलकुद पृष्ठभूमिकै परिवारमा जन्मिएका हुन् । उनका बुवा आल्फी पनि व्यवसायिक फुटबल खेलाडी नै हुन् ।

अहिले हालान्डले खेल्दै आएको प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीमा समेत उनका बुवाले तीन वर्ष व्यवसायिक फुटबल खेले । उनी जन्मिएकै वर्ष बुवा म्यानचेस्टर सिटीमा अनुबन्ध भएका हुन् । यो सन् २००० को कुरा हो ।

सक्षम परिवारमा जन्मिएकाले हालान्डले बाल्यकाल आर्थिक संकट भोग्नुपरेन । उनले राम्रो बाल्यकाल बिताए । सन् २००३ मा बुवाले चोटका कारण फुटबलबाट सन्यास लिए र नर्वे फर्किए । त्यसपछि हालान्डको हुर्काइ आफ्नै देशमा भयो ।

हालान्डका आमा बुवालाई छोरालाई खेलाडी नै बनाउने इच्छा थियो । उनीहरूले हालान्डलाई विभिन्न खेलमा प्रोत्साहन गर्थे । यही क्रममा पाँच वर्षको छँदा उनले ‘स्टान्डिङ लङ जम्प’ मा विश्व कीर्तिमान पनि राखे । जुन अझै तोडिएको छैन ।

उनको फुटबलमा लय बस्नुको जस भने बुवालाई दिने गरिन्छ । एक कच्चा खेलाडीलाई व्यवसायिक बनाउने मार्गबारे बुवालाई ज्ञान थियो । अभ्यासबारे पनि उनी जानकार थिए । त्यही वातावरण बुवाले छोरा हालान्डलाई दिलाए । नजिता आज विश्वसामु छ ।

हालान्डका आमा बुवा दुवै खेलाडी हुन् । सोहीकारण उनीमा फुटबलकै डीएनए छ भन्ने पनि गरिन्छ । उनले ५ वर्षकै उमेरमा ‘ब्राइन एफके’ एकेडेमीबाट फुटबल खेल्न थालेका हुन् ।

हालान्डको उदय

कुशल क्षमता भएका हालान्ड १६ वर्षको उमेरमै नर्वेको शीर्ष डिभिजन क्लब ‘मोल्डे’मा अनुबन्ध भए । त्यहाँको प्रशिक्षणले उनको खेल क्षमताले अर्को उचाइ लियो ।

उनी धेरैको नजरमा परेको भने सन् २०१९ को फिफा यू–२० विश्व कपबाट हो । नर्वेले होन्डुरसलाई १२–० ले पराजित गर्दा उनले ९ गोल गरेका थिए । एक खेलाडीले एक खेलमा सबैभन्दा बढी गोल गरेको कीर्तिमान उनले बनाए । यही खेलपछि उनी विश्व चर्चित क्लबहरूका एजेन्टका केन्द्रीय आकर्षण बने ।

विभिन्न क्लबमा उत्कृष्ट प्रदर्शनले उनी म्यानचेस्टर सिटीसम्म आइपुगेका छन् । उनी अहिलेका विश्वभरका उत्कृष्ट स्ट्राइकरको सूचीमा सुरुवाती स्थानमै अटाउँछन् ।

शारीरिक बनावट र डाइटको चर्चा

६ फिट ४ इन्चको उचाइ, गोरो छाला र लामो कपालका कारण टेलिभिजनमा एक पटक साक्षात्कार भएका दर्शकको नोटिसमा उनी परिरहन्छन् । अर्को कुरा उनको प्रदर्शन पनि त्यही किसिमको छ । विपक्षीको गोलपोस्टमा घातक आक्रमण नै उनको विशेषता र परिचय बनेको छ ।

आजको दिनमा पनि उनको फुटबल प्रतिको समर्पण उच्च छ । उनले आफ्नो अर्लामको रिङ नै च्याम्पियन्स लिगको थिम म्युजिक राखेका छन् ।

तीव्र दौड र शक्तिशाली प्रहारका लागि शरीर सन्तुलन राख्न उनले डाइटमा निकै ध्यान दिन्छन् । उनी दैनिक ६ हजार क्लालोरी खान्छन् । उनको डाइटमा ‘बिफ हार्ट’ समावेश रहन्छ । प्रशिक्षण पछि उनको काँचो दुध उनको डाइटमा रहन्छ ।

उनी समय मिलाएर आफू हुर्किएको गाउँमा पुग्छन् । त्यहाँको सामान्य दैनिकीमा उनी रमाउने गर्छन् । उनी आफूलाई सामान्य व्यक्तिका रुपमा व्यवहार गर्न भेटिएका व्यक्तिहरूलाई सम्झाउँछन् । यसलाई नर्वेजियनहरूले हालान्डको महानता मान्छन् । जंगलमा दाउरा चिर्दै व्यायम गर्ने उनको सौख हो ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ७ : २१ बजे

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले

बालक हत्या गरेको आरोपमा एक जना पक्राउ

कैलाली – कैलालीमा दश वर्षीय बालक तनुज चौधरीको हत्या गरेको

चिनियाँ गाउँका कुनाकाप्चा पुग्दा जे देखियो (तस्बिरहरू)

पछिल्लो समय तीव्र विकासको गति पक्रिएका दुई छिमेकी चिनियाँ प्रान्त

टेरामक्स प्रकरणमा दिगम्बर झालाई एक वर्ष जेल सजाय, मोहन बस्नेतलाई सफाई

काठमाडौं- विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड